नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

झिनियाँ रोटीले चिनाउँदैछ गुल्मी वामी

गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार बजार झिनियाँ रोटी उत्पादनको हव बन्दै गएको छ । यहाँ वार्षिक झण्डै ५० लाख बराबरको झिनियाँ रोटी उत्पादन हुने गरेको छ । छिमेकी जिल्ला बाग्लुङदेखि बुटवलसम्मको माग आफूहरुले थेग्न नसकेको उत्पादकहरु बताउँछन् ।
हरेक वर्ष तिहारमा गुल्मीमा करोडौंको झिनियाँ रोटी उत्पादन हुने भए पनि सरकारी निकायबाट त्यसको लेखाजोखा र उत्पादन वृद्धिमा चासो नदिँदा औद्योगिक रुप लिन सकेको छैन ।

वामीका सुशान्त शाक्य उमेरले बिसबाइसे हुन् । उनले एउटा तिहारमा मात्रै झिनियाँबाट करिव २ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । उनी भन्छन्– ‘बलियो आम्दानीको स्रोत भएको छ । सँगसँगै रोटी बनाउने संकृतिको पनि जगेर्ना भइरहेको छ ।’

सदरमुकाम तम्घासको पुरानो बजार र बागमारेका नेवार समुदाय सदियौंदेखि झिनियाँ रोटी उत्पादनका लागि कहलिएका थिए । तर अहिले तम्घास र बागमारेलाई वामीटक्सारले जितेको छ । वामीमा रहेका करिव सय घरधुरीको नेवार समुदायमा करिब ८० प्रतिशतले झिनियाँ रोटी बनाउने गरेका छन् । अन्य समुदायका ५० घरधुरीले पनि रोटी बनाउँछन् । वार्षिक झण्डै ५० लाख आम्दानी भइरहेको उनीहरुले बताउँछन् ।
तिहार भित्रिएलगत्तै यहाँका धेरै नेवार घरधुरीले टिनको छानादेखि घरका तलाहरुमा रंगिबिरंङ्गी झिनियाँ सुकाएका दृश्य देख्न सकिन्छ ।
वामीमा झिनुवा रोटीको धेरै कारोबार गर्ने विष्णुमति श्रेष्ठ हुन् । एकल महिला उनले मुख्य व्यवसायका रुपमा रोटी बनाइरहेकी छन् । त्यसैबाट हुने आम्दानीले छोराछोरी पढाउनेदेखि सडक छेउमा पक्की घर ठडाएकी छन् ।

चार जनालाई रोजगारी समेत दिएकी श्रेष्ठले एकै सिजन तिहारमा मात्रै करिव ६ लाखसम्म कमाउने र माग थेग्न नसकिएको बताउँछिन् ।
उनले सरकारी निकायले अगुवाइ गरे उक्त पेशा ठूलै उद्योगका रुपमा अगाडी बढाउन सकिने बताउँछिन् । तिहारको सिजनमा करिव २ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य लिएका जगनाथ प्रधान दसंैताका एक हप्तासम्म पानी परिरहेको बेला क्षति व्यहोरेको तर पनि हरेस खानु पर्ने अवस्था नरहेको बताउँछन् ।

उनकी पत्नी बसन्ती श्रेष्ठ प्रधान सरकारी निकायले चाउचाउ र चाउमिन जस्तै उद्योगका रुपमा विकास गर्न चाहे राम्रो हुने बताउँछिन् ।
त्यहाँका अमृत श्रेष्ठले झण्डै तीन लाख आम्दानी लिने गरेको र तिहारको बेला माग थेक्न गाह्रो भएको बताउँछन् ।
वामीटक्सार बजारमा झिनियाँ रोटी उत्पादनमा विष्णुमति श्रेष्ठ पछि बढी आम्दानी लिने व्यक्ति हुन मेघप्रसाद श्रेष्ठ । उनले करिव पाँच लाखको झिनियाँ बेच्ने गरेको र स्थानीय सरकारले उद्योगका रुपमा विकास गर्नु पर्नेमा जोड दिन्छन् ।
त्यस बजारका भगवान कक्षपति, नन्दु कँडेल, शेरबहादुर रोकाय, धनमाया राना, विष्णु शाक्य, बन्धना श्रेष्ठ, शान्ति श्रेष्ठलगायतले ठूलो परिमाणा झिनियाँ रोटी उत्पादन र बिक्री वितरण गर्ने गरेका छन् ।

वामीटक्सार पछि अर्को पुरानो व्यापारिक केन्द्र रिडी, जोहाङ्ग, खैरेनी, शान्तिपुर, पूर्तिघाट, बलेटक्सार, रानीवास, धुर्कोट वस्तु र सदरमुकाम तम्घाससहित झिनियाँ रोटीबाट बर्सेनी करोडौंको आम्दानी लिने गरिएको छ ।
तर त्यसको लेखाजोखा र उत्पादन वृद्धिमा स्थानीय सरकारले चासो नदिँदा त्यस व्यवसायले उद्योगको रुप लिन नसकेको प्रति विशेष गरी मुसिकोट नगरपालिकाले अगुवाइ गर्न सके कफी पछि झिनियाँ रोटी र वामीको अर्को प्रशिद्ध ढिंकीमा कुटेको चिउराले मुसिकोटको पहिचान मात्र दिने छैन, समृद्ध मुसिकोट बनाउने सपना पूरा हुने देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार