निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सरकारले बेवास्ता गरेपछि जजिरा एयरले भैरहवाबाट हुने दैनिक उडान घटायो

चुनावी एजेण्डा बनाउने उदेश्यका साथ श्रम कार्यालय खोलिएपनि कार्यालय सन्चालन नभएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भनिएका बिमान कम्पनीहरु हच्किएका छन्।

सरकारकै लापर्वाहीले र बेवास्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ। यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने बताएकोे छ।

श्रममन्त्री किसान श्रेष्ठको हतारो र दवालले कर्मचारी र आवश्यक पुर्वाधार बिना भैरहवामा स्थापना गरिएको श्रम कार्यालयले अहिले सम्म श्रम स्वीकृती लगायतका काम सूरु नगर्दा बिमानहरुले प्रयाप्त यात्रु पाउन सकेका छैनन्।

बैदेशिक रोजगारीमा जाने यात्रुहरुको मेडिकल र श्रम स्वीकृतीका लागि काठमाण्डौ नै जानुपर्ने भएपछि उता पुगेका यात्रु फर्केर भैरहवाबाट यात्रुहरुले उडान भर्ने अवस्था नभएको नाट्टा लुम्विनी प्रदेश कमिटीले जनाएको छ।

आकस्मिक रुपमा जजिरा एयरवेजले गरेको यो निर्णयले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए।

यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन। तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।

दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए।

उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए।

‘जजिराले आफ्ना नयाँ जहाज लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो। उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ,’ उनले भने, ‘तीन दिनसम्म उडान नहुँदा यात्रु रोकिएका थिए। शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ।’

यात्रु नपाएको कारण उडान कम गर्नु परेको जजिराले बताएको छ। ‘पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ। अहिले यात्रु सङ्ख्या साह्रै घटेकाले उडान घटाएका हौँ। अब पहिलेझैँ सातामा तीन उडान गर्नेछौँ,’ जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने।

नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे। ‘मागअनुसार नै आपूर्ति गर्ने हो। खाली विमान कहिलेसम्म उडाउने? हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ,’ उनले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित