तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

दाङ- दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप यो कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै बालबालिकाले खोप अनिवार्य लगाउनुपर्ने नेपाल सरकारको लक्ष्यअनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा र प्रमाणिकरण गर्ने कार्य अभियानकै रुपमा अगाडि बढाइरहेको बताए।

सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए।

खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल कार्यक्रम भएकाले कुनैपनि बालबालिका नछुट्ने गरी आगामी वर्षहरुमा सुक्ष्म ढङ्गले अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। उक्त गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाको सङ्ख्या पाँच सय ७७ र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिका एक हजार चार सय ६३ रहेकामा खोप अभियानमा तीन जना मात्र रोजगारको सिलसिलामा अभिभावकले बालबच्चा लिएर इँट्टाभट्टामा काम गर्न जाने गरेकाले खोप लगाउनबाट बञ्चित भएको कार्यक्रममा जानकारी गराइएको थियो।

स्वास्थ्य कार्यालयका खोप अधिकृत किशोर आचार्यले पूर्णखोप गाउँपालिका घोषणा गर्न गरिएका अभियानका विभिन्न चरणहरुबारे जानकारी गराएका थिए। कार्यक्रममा जिल्ला खोप समन्वय समिति सदस्य जुनुकुमारी बुढा, गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलगायतले खोपका विविध विषयमा चर्चा गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित