तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

साधारणसभाका पूर्वसन्ध्यामा फूलबारीमा वृक्षरोपण

बुटवल। मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबार) ले बिहीबार वृक्षरोपण गरेको छ ।

५ औं अधिवेशनको तथा १५ औं साधारण सभाको पूर्वसन्ध्यामा उद्यान परिसरभित्र विभिन्न प्रजातिका झण्डै पाँच सय विरूवा लगाएको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले धेरै मेहनत र निरन्तरताबाट उद्यान नमूना बन्न सफल भएको बताउँदै थप विकासको लागि नगरको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन ।

उपप्रमुख अर्यालले शहरमा हरियाली संरक्षणमा उद्यानहरुको योगदान रहेको भन्दै यो कामलाई थप निरन्तरता दिन सुझाव दिइन् । उनले फूलबारी आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्त्व्य बनेकोले यसको अझै विकास गर्न आवश्यक रहेकोमा जोड दिइन ।

कार्यक्रममा समितिका अध्यक्ष खेम प्रसाद लुइँटेल वर्षभरी नै विविध कार्यक्रम मध्ये वृक्षरोपण महत्वपूर्ण कार्य भएको बताए । गत एक वर्षको अवधिमा फूलबारीमा एक हजार बिरुवा लगाएको भन्दै उनले विस्थापित पुराना रूखको ठाउँमा हरियाली गराउने लक्ष्यसहित कार्यक्रम गरिँदै आएको बताए ।

कार्यक्रमम संयोजक माधव नेपालले रुद्राक्ष, अमला, जामुन, कल्की, धुपी, सुगर चट, एभोगार्डो, तेजपत्ता लगायत विरूवा रोपिएको जानकारी दिए ।

सो अवसरमा बुटवल सामुदायिक वन उपभोक्ता समूह (१–४) का अध्यक्ष बाबुराम पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्यले शुभकामना दिए । कार्यक्रमको सञ्चालन समितिका सदस्य गौतमलाल शाक्यले गरेका थिए । संघको साधारणसभा तथा अधिवेशन शनिबार हुँदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित