थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

घोषणापत्रमा आएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध छ – पूर्वमन्त्री श्रेष्ठ

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले घोषणापत्र मार्फत नेकपा एमालेले ल्याएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध भएको बताएका छन् । बिकास, परिवर्तनको योजना र काम अनुसार नमुना पेश गर्न एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।”२०५४ सालको एमाले सरकारको योजनाको ट्याकमा बुटवल अगाडि बढेको जुन देशमै योजनाबद्ध बिकास गर्ने नमुना बनेको छ।” – श्रेष्ठले भने ।

बिहीबार बुटवल २ का विभिन्न टोलका मतदाता तथा सैनामैना ३ को महिला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्न एमाले प्रतिबद्ध रहेको बताउँदै उनले भने -“हिजो काम गरेको अनुभवका आधारमा एमालेले नै सुकुम्बासी समस्या समाधान गर्ने जिम्मेवारी पूरा गर्छ ।”

उनले जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, गर्न हरेक निकाय संग समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न नेकपा एमालेको नेतृत्वमा आफू सधैं तयार रहेको बताए ।

गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकार प्रति बितृष्णा रहेको बताउँदै श्रेष्ठले प्रदेश सरकार चुस्त कम खर्चिलो बनाउने बताए । उनले तिनाउ- दानव करिडोर प्रभावित समुदायको सहि व्यवस्थापन गर्ने बताए ।

जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

यसैबीच सैनामैना ३ मा बसन्ता रेग्मीको नेतृत्वमा ५५१ सदस्यीय निर्वाचन केन्द्रित महिला परिचालन कमिटी गठन भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित