तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चारपाला सामुदायिक वनमा वृक्षरोपण

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले बिहीबार वृक्षरोपण गरेको छ । वृक्षरोपण दिवसको अवसर पारेर विभिन्न २ हजार ६०० वटा विभिन्न प्रजातिका विरुवा २.५ हेक्टर क्षेत्रमा लगाएका हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा विरुवा उपलब्ध गराईका थिए । तारवार सहित वृक्षरोपण गरिएको थियो ।
वृक्षरोपण कार्यक्रमका बोल्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ पौडेलले वनको विकास गर्दै पर्या पर्यटन विकासको क्षेत्रमा वनले काम गर्दै आएको बताए । वनमा डढेलो नियन्त्रणको लागि अग्नि रेखा निर्माण, ढलापला काठ संकलन र उपभोक्तालाई विक्री वितरण गरिएको जानकारी दिए । आगामी दिनहरुमा पनि वन विकास र स्वच्छ अभियान, वृक्षरोपणलाई व्यापक बनाउने नीति अनुसार काम गर्दै जाने प्रतिबद्धता अध्यक्ष पौडेलले व्यक्त गरे । चारपाला नेपालकै ठूलो सामुदायिक वन हो ।

वनका सल्लाहकार उदय राज काफ्लेले वनको संरक्षण र विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा राम कुमारी पौडेल, दुर्गा पाठक पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा सम्पूर्ण कार्य समिति, सल्लाहकार, लेखा, न्यायिक समिति, उपसमितिका उपभोक्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित