रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बुटवलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

बुटवल-बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरिएको छ। ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र चेतना पासाङ टोल नजिकै जलदेवी माथिको भागमा वृक्षरोपण शुरु गरिएको हो।

बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरी १ हजार ३ सय बिरुवा लगाउने बताए । उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि नगरले ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गरेको बताए ।

बिहीबार शुरु भएको वृक्षरोपण अभियान अन्तरगत १ हजार ३ सय बाँस र अम्रिसोका विरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको उनले बताए ।

ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताउँदै उहाँले पहिरो प्रभावित क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरले आवश्यक काम गरिरहेको बताइन । उनले नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएकाले संघ र प्रदेशले पनि विशेष चासो दिनुपर्ने बताइन ।

गतवर्ष ५ सय विरुवा रोपिएको र अहिले १ हजार ३ सय विरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय अमृत खड्काले बताइन । ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा २ वर्षअघि आएको पहिरोका कारण ६ सय घर प्रभावित भएका छन्।

पहिरो प्रभावित क्षेत्रमा बुटवल उपमहानगरपालिकाले पहिरो नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित