रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

बुटवलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

बुटवल-बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरिएको छ। ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र चेतना पासाङ टोल नजिकै जलदेवी माथिको भागमा वृक्षरोपण शुरु गरिएको हो।

बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरी १ हजार ३ सय बिरुवा लगाउने बताए । उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि नगरले ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गरेको बताए ।

बिहीबार शुरु भएको वृक्षरोपण अभियान अन्तरगत १ हजार ३ सय बाँस र अम्रिसोका विरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको उनले बताए ।

ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताउँदै उहाँले पहिरो प्रभावित क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरले आवश्यक काम गरिरहेको बताइन । उनले नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएकाले संघ र प्रदेशले पनि विशेष चासो दिनुपर्ने बताइन ।

गतवर्ष ५ सय विरुवा रोपिएको र अहिले १ हजार ३ सय विरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय अमृत खड्काले बताइन । ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा २ वर्षअघि आएको पहिरोका कारण ६ सय घर प्रभावित भएका छन्।

पहिरो प्रभावित क्षेत्रमा बुटवल उपमहानगरपालिकाले पहिरो नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित