मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमाको निर्णय अटेर गर्दै शान्ती नमुना स्कुल सञ्चालनमा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचना विपरित मणिग्राममा रहेको शान्ती नमुना माध्यमिक विद्यालय सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गर्दै असार १७ गते सम्मका लागि नगरभित्रका कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालय हरु गर्मीका कारण बन्द गरेको थियो । तर शान्ती नमुना माध्यमिक विद्यालयले भने नगरपालिकाको निर्णय उल्टाउँदै ११ गते देखि सञ्चालनमा भइरहेको छ । शान्ती नमुना माध्यमिक विद्यालय मात्र सञ्चालन भएपछि अन्य सामुदायिक विद्यालयका प्राचार्यहरुले तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खांणलाई ध्यानआर्कषण समेत गराएका छन् ।
संस्थागत विद्यालयहरुले पनि ११ गते देखि नै विद्यालय खुल्ला गरेका छन् । नगरपालिका भित्र ४२ वटा सामुदायिक विद्यालय रहेकोमा ४१ वटा विद्यालय बन्द रहेको अवस्थामा शान्ती नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले नगरपालिकाको निर्णयलाई वेवास्ता गर्दै स्कुल सञ्चालन गरेका हुन ।
अहिले मौसम केही सित्तल भएपनि नगरपालिकाले विद्यालय सञ्चालन गर्न भनि अर्को सूचना जारी नभएको अवस्थामा नगरभित्रका विद्यालयहरु असार १७ गते सम्मै बन्द भएका छन् । शान्ती नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले विद्यालयको आफ्नै निर्णय अनुसार विदा भन्दा ६ दिन अगाडिनै स्कुल सञ्चालन गरिएको बताए ।
उनले नगरपालिकाको निर्णय विपरित भन्दा पनि विद्यार्थीहरुको शिक्षण सिकाई बढि सिकाउनका लागि विद्यालय सञ्चालन गरिएको बताए । उनले यस बारे नगरपालिकालाई जानाकारी समेत गराएको बताए ।
‘मौसम चेन्ज भयो । हाम्रो सरकारी विदा ५० दिन मध्ये ६ दिन हामीले घटाएका छौ । नीजि विद्यालय खुल्ने तर सरकारीलाई किन खोलाईस भनेर नियम बाध्नु पनि त राम्रो हैन’ उनले भने ।
तिलोत्तमामा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यालय सञ्चालनका नगर्न र शैक्षिक क्यालेन्डर अनुसार विद्यालय सञ्चालन गर्न भनेपनि प्राचार्यबाट निर्णय कार्यान्वयन नभएको बताए । यस बारेमा नगरप्रमुख रामकृष्ण खांणले समेत अनुरोध गर्दा पनि लामिछानेले अटेर गरेको पाइएको छ ।

नगरभित्र सामुदायिक र स‌स्थागत गरी ८५ विद्दालय छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित