तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आम्दा अस्पताल विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्था बन्ने

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ ।
बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित अस्पतालको २४ औं साधारण सभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका पाण्डेयले महिला तथा बालबालिकाको उपचारका लागि प्रदेशस्तरको सुविधासम्पन्न अस्पताल र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए ।
‘यो अस्पताल प्रदेशकै सुविधासम्पन्न महिला र बालबालिकाको अस्पतालका रुपमा स्थापित हुनेछ, उनले भने-त्यसका लागि बुटवल उपमहानगरपालिकाले प्रक्रिया आरम्भ गरेको छ, साझेदार संस्थाहरुसहित संघ र प्रदेश सरकारको समेत सहयोगमा यो अस्पताल प्रदेशकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पताल बन्नेछ ।’
उनले अस्पतालको सेवासुविधालाई चुस्त बनाउँदै अस्पतालका हरेक काम पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताईन ।
आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको गौरवका रुपमा रहने बताए ।
आम्दा नेपालका पूर्व अध्यक्ष डा. सरोज ओझाले बुटवलले आम्दा अस्पताललाई प्रदेशकै उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा विकास गर्न लागेकोमा खुशी व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पताल र आम्दा अस्पतालबीच नदोहोरिने गरी सेवा प्रदान गर्न र सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । पचास शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको र ३ सय बेडमा लैजाने प्रक्रिया अघि बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र बस्यालले जानकारी दिए ।
(((र

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित