मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस

बुटवल । उद्योग व्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारको सहभागितामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र ब्यापार विविधिकरणमा संघले भूमिका खेल्नुपर्ने बताए । बैंकहरुको कर्जाको ९० प्रतिशत हिस्सा सीमित व्यवसायिक घरानामा लगानी हुंदा मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै महासचिव पराजुलीले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
संघका कार्यवाहक अध्यक्ष विष्णु पाण्डेले साना, मझौला र ठूला सबै वर्गका उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा उद्योग ब्यापार संघ बुटवलले पहिचान बनाएको बताए । संघले स्थानीय सरकारसंगको सहकार्यमा विभिन्न सामाजिक काम समेत गदैृ आएको र हालसम्म ४ वटा औद्योगिक ब्यापार मेला सम्पन्न गरेको स्मरण गरे ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,कानुनी सल्लाहकार दामोदर घिमिरे लगायतले वर्तमान आर्थिक मन्दी,चर्को बैंक ब्याज दर र महंगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताएका थिए । यसैबीच संघले स्थापना दिवसको अवसरमा तिलोत्तमा ७ स्थित अनाथ असहायहरुलाई पालनपोषण गर्दै आएको सिर्जनशील संस्थाको भवन निर्माणमा संघका पुर्व अध्यक्ष एवं सल्लाहकार खेम श्रीस मगरको स्मृतिमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको महासचिव पदम जीसीले जानकारी दिए । संघमा ७ सय बढी उद्योगी व्यवसायी आवद्ध छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित