तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

घोराही सिमेन्टको आइपीओमा खातामा पैसा नभएपनि १० लाख कित्तामा आवेदन दिनेमा तिलोत्तमाकी लक्ष्मी घिमिरे पनि

बुटवल ।
घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरु फेला परेका छन् । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०र१० लाख कित्ताका लागि आवेदन दिनेहरुको पहिचान गरेको हो ।

प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक र सृजा पोखरेलले १०र१० लाख कित्ताका लागि आवेदन दिएका थिए । त्यस्तै, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल पौडेलले पनि १०र१० लाख कित्ताकै लागी आवेदन दिएको खुलेको छ । घिमिरे तिलोत्तमा ०३ कि हुन ।

यी १२ जनाले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । १० लाख कित्ता सेयरका लागि आवेदन दिनु भनेको अधिकतम् कित्ताका लागि आवेदन दिनु हो ।

धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ ।

कम्पनीले ६९ लाख ११ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित