दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अघोषित लोडसेडिङ भएपछि होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको बुझाए ध्यानाकर्षण पत्र

बुटवल ।
एकाएक अघोषित लोडसेडिङ भएपछि आजित भएका रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयामिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, पदाधिकारीहरुले बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेलाई तथा नयामिल वितरण केन्द्रका प्रमुख रितेश गुप्तालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
कार्यक्रममा बोल्दै रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लगातार अघोषित लोडसेडिङको कारण समस्यामा परेको दुखेसो गरे । पर्यटन ब्यवसायमा सबैभन्दा ठूलो संकटमा रहेको उनले बताए । कोभिड संक्रमण, आर्थिक संकटसंगै लगातार विद्युतको समस्याको कारण समस्या आईपरेको उनले दुखेसो गरे ।
यता नेपाल विद्युत प्राधिकरण प्रालि, बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेले कालिगण्डकीको उत्पादन कम हुदा समस्या देखिएको बताए । गर्मिको कारण अत्याधिक उपकरण प्रयोग हुदा भोल्टेजको समस्या रहेको उनको दाबी छ । यसैगरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ तिलोत्तमा शाखाको अगुवाईमा नेपाल विद्युत प्राधिकरण, नयामिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउदै थ्रि फेस जडान गरेको विद्युत पनि सहि सेवा पाउन नसकेको उनिहरुदे दुखेसो गरे ।
नेपाल विद्युत प्राधिकरण, नयामिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले विद्युत वितरण प्रणालीमा केहि कठिनाई रहेको बताए । एकैदिन राती १२ पटकभन्दा बढि ट्रिपिङ हुने समस्या देखिएको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित