दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

कसरी सबैको रोजाई बन्यो करेन्ट चाउचाउ (भिडियो सामाग्री)

रुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन गर्छ । याे चाउचाउ विदेश पनि निर्यात हुन्छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकहरूमा निर्यात गर्न थालिसकेको छ ।

स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको यस कम्पनीले देशभर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगभग १५ हजार जनालाई रोजगारी पनि दिइरहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, करेन्टले देशका पाँच जिल्लाका १० हजार किसानलाई समेत बजार दिँदै आएको छ । करेन्टले देशभर करिब ३० हेक्टर जमिनमा अकबरे खुर्सानी खेती गर्नेलगायत मकवानपुरमा प्रयोगमा नआएको जमिनमा खुर्सानी खेतीलाई प्रोत्साहन पनि गरेको छ ।

अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा थोरै भए पनि टेवा पुर्‍याउन सकेको कम्पनीको भनाइ छ । देशको खस्कँदो अर्थतन्‍‍‍त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्ता अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ ।

करेन्ट चाउचाउले कसरी सफलता प्राप्त गर्याे याे भिडियाे सामाग्री हेराै

भिडियो साभार – Swagat Gyawali

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित