मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

कसरी सबैको रोजाई बन्यो करेन्ट चाउचाउ (भिडियो सामाग्री)

रुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन गर्छ । याे चाउचाउ विदेश पनि निर्यात हुन्छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकहरूमा निर्यात गर्न थालिसकेको छ ।

स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको यस कम्पनीले देशभर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगभग १५ हजार जनालाई रोजगारी पनि दिइरहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, करेन्टले देशका पाँच जिल्लाका १० हजार किसानलाई समेत बजार दिँदै आएको छ । करेन्टले देशभर करिब ३० हेक्टर जमिनमा अकबरे खुर्सानी खेती गर्नेलगायत मकवानपुरमा प्रयोगमा नआएको जमिनमा खुर्सानी खेतीलाई प्रोत्साहन पनि गरेको छ ।

अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा थोरै भए पनि टेवा पुर्‍याउन सकेको कम्पनीको भनाइ छ । देशको खस्कँदो अर्थतन्‍‍‍त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्ता अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ ।

करेन्ट चाउचाउले कसरी सफलता प्राप्त गर्याे याे भिडियाे सामाग्री हेराै

भिडियो साभार – Swagat Gyawali

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित