तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्ने तयारी

बुटवल-बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ।
बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो।
आम्दा अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा इन्टरनेशनलसँग अस्पतालको स्तरोन्नति गर्दै जनशक्ति उत्पादनमा जोड दिने समझदारी गरेको थियो। सोही समझदारीअनुसार अस्पतालमा २ सय बेड थप गर्ने निर्णय सञ्चालक समितिको बैठकले अनुमोदन गरेको पाण्डेयले बताए ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले अस्पतालको स्तरोन्नति गर्नका लागि सामुहिक प्रतिबद्धता जनाएका छन्।
बैठकले समझदारी गरिएअनुसारका काम अगाडि बढाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। यस्तै बैठकले आगामी कार्तिक १६ गते आम्दा अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी रजत उत्सव मनाउने निर्णय गरेको छ।


तत्कालीन नगरप्रमुख सूर्यप्रसाद प्रधानले समझदारी गरी स्थापना गरेको अस्पताललाई थप व्यवस्थित बनाउँदै बुटवल क्षेत्रकै विशिष्टीकृत अस्पतालका रुपमा अगाडि बढाउने गरी काम शुरु भएको नगरप्रमुख पाण्डेयले बताए ।
यस्तै अस्पतालमा न्युरोसम्बन्धि उपचार शुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाउने निर्णय बैठकले गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालले जानकारी दिए। उनका अनुसार अस्पतालमा बालबालिकाको लागि पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरिएको छ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन्।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित