‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

लुम्बिनी प्रदेशको बजेट कसलाई कति ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०८०÷०८१ के बजेट मध्ये सवैभन्दा बढि बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । त्यस्तै सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले प्राप्त गरेको छ । मन्त्रालयगतमा हेर्ने हो भने कम बजेट आर्थिक मामिला मन्त्रालयले पाएको छ । भौतिक पुर्वधार विकास मन्त्रालयले १३ अर्ब ७७ करोड ८८ लाख ५४ हजार प्राप्त गर्दा सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले ३ करोड ९२ लाख रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै मन्त्रालय तर्फ कम प्राप्त गरेको आर्थिक मामिला मन्त्रालयले जम्मा १३ करोड रुपैयाँ प्राप्त गरेको छ ।
प्रदेश सभाले ३३ करोड ८८ लाख ३८ हजार प्राप्त गर्दा प्रदेश लोकसेवा आयोगले १० करोड बजेट प्राप्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ अर्ब ५९ करोड ७७ लाख ७२ हजार प्राप्त गरेको छ । यसैगरी उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले १ अर्ब ५२ करोड ९७ लाख ७३ हजार बजेट प्राप्त गरेको छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ६७ करोड ३८ लाख ६५ हजार बजेट प्राप्त गर्दा, बन तथा बातावरण मन्त्रालयले भने २ अर्ब ७ करोड २७ लाख १७ हजार रुपैयाँ बजेट प्राप्त गरेको छ ।
यसैगरी खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालयले ५ अर्ब ९५ करोड १९ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयले २ अर्ब ८८ करोड ७७ लाख ५० हजार, स्वास्थ्य मन्त्रालयले ४ अर्ब ४३ करोड ४४ लाख २ हजार बजेट प्राप्त गरेको छ ।
त्यसैगरी प्रदेश योजना आयोगले ३ करोड ९२ लाख २७ हजार प्राप्त गर्दा अर्थ विविध शिर्षकमा १ अर्ब ३९ करोड ५६ लाख छुट्टाइएको छ । स्थानिय तहलाई ३ अर्ब ५८ करोड ९७ लाख रुपैया बजेट छुट्टाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित