भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी सरकारले ४० अर्बको बजेट सार्वजनिक गर्दै

लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै छ । संबैधानिक व्यवस्था अनुसार सरकारले आज असार १ गते नै बजेट सार्वजनिक गर्ने तयारी पूरा गरिएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको थियो ।

यस वर्ष आर्थिक मन्दीका कारण संघीय सरकारले २० प्रतिशत खर्च कटौती गरेर बजेट सार्वजनिक गर्न भनेको छ । त्यस अनुसार प्रदेशको बजेटको आकार घटनु पर्ने हो । तर, लुम्बिनी प्रदेश सरकारले ४० अर्ब हाराहारीकै बजेट ल्याउन लागेको सरकार निकट स्रोतले जनाएका छन् । शुक्रबार बजेट सार्जजनिक गर्न बिहीबार अबेरसम्म अर्थ मन्त्रालयका कर्मचारी चटारोमा थिए ।

प्रदेश अर्थ मन्त्रालयका अनुसार आगामी वर्षका लागि संघीय सरकारले झण्डै २८ अर्ब रकम अनुदान पठाएको छ । बा“की रकमप्रदेश सरकारले आन्तरिक स्रोत र आन्तरिक ऋणबाट व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्रोतकाअनुसार ३८ अर्बको बजेट तयार भइसकेको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेको छ । २ वर्षमा २ लाखजनालाई रोजगारी दिने महŒवाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले बजेट पनि त्यसकै आधारमा तयार गरेको हो । विपन्नवर्ग, लोपोन्मुख जाति, मुक्त कमैयालाई पनि सीप विकास गर्ने गरी सरकारले बजेटको व्यवस्था गरेको छ ।

भौतिक पूर्वाधारमा सरकारले धेरै नया“ योजना थपेको स्रोतले बतायो । कृषि क्षेत्रमा पनि सरकारले विपन्न समुदायलाई राहत पुग्ने गरी कार्यक्रम बनाएको छ । स्थायी राजधानीका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित