३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर

सुरक्षित यात्रा तथा दुर्घटना न्युनिकरणको सचेतनासहित बिहिबार बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना, सुरक्षित यात्रा नेपालको सहकार्य तथा लायन्स क्लब अफ बुटवलको प्राविधिक सहयोगमा सवारी चालकहरुका लागि आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

अभियानको उद्घाटन गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले ट्राफिक नियमको पालना अरुका लागि नभई आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न आवश्यक रहेको बताए । दुर्घटना न्युनिकरणका लागि सबैभन्दा बढी सवारी चालकहरु नै सचेत हुन आवश्यक रहेको बताउँदै उनले यात्रुहरुले समेत त्यस कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित र सहज यात्राको कामना’ मूल नारासहित शिविरको आयोजना गरिएको हो ।

सो अवसरमा बोल्दै सुरक्षियात्रा नेपालका कृष्ण प्रसाद बेलबासेले सुरक्षित यात्राले सबै यात्रु तथा चालक(सहचालकको अमुल्य जीवन बाच्न सक्ने उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष विस्वास ढकालले दुर्घटना न्यूनीकरणका लागि सबै आ(आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित