दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

टुना टेक्नोलोजी: १० करोडको लगानीमा सुरु भएको आईटी सफ्टवेयर सेवा

बुटवलमा स्थापना भएको टुना टेक्नोलोजी कम्पनीले छोटो समयमै व्यवसायिक सफलता प्राप्त गरेको छ । ०७८ सालमा स्थापना भएको टुना टेक्नोलोजी ब्यावसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइड तथा सूचना प्रविधि सम्वन्धी सेवा दिने गर्दछ ।

योगिकुटीमा मुख्य कार्यालय सोमबार पत्रकार सम्मेलन आयोजना गरी कम्पनीका अध्यक्ष गणेशचन्द पोखरेलले आईटी सेक्टरको कम्पनी लुम्बिनी प्रदेशमा स्थापित भएर सेवा दिंदै आएको बताए । दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई ईनहाउस ईन्टेसिभ गराउने समेतका गर्दै आएको उनले बताए । सफ्टवेयर सुरक्षमा विशेष ध्यान दिएको उनले दाबी गरे ।

कार्यक्रममा प्राविधिक टिम प्रमुख (सिटिओ) सर्वजित मिश्राले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताए । नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने भन्दै आफ्नै डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहेपनि भविष्यमा हुनसक्ने बताए । प्लाटफर्म नै सरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिदै आएको उनले बताए ।

कम्पनीका सिईयो राजिव गौतमले ब्यक्तिगत र ब्यावसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको बताए । कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपि, एचएमएस र साझा मेनु बजारमा लन्च भैसकेको छ । विशेष गरी बजारको माग अनुसार उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरि फरकफरक क्षेत्रका सफ्टवेयर चलेको छ । बजार प्रतिनिधि तयार गरेर माग अनुसारको उत्पादन गर्दै आएको उनले बताए । सरकारी कार्यालयमा समेत सेवा दिदै आएको छ ।

डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ । सर्भरको विदेशीको लिनुपर्ने बाध्यता रहेको छ । टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको उनले बताए । यसैगरी भित्री रुपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको उनले बताए ।

कार्यक्रममा संचालक धुव न्यौपाने, ई. प्रदिप भण्डारी, जिवन कुँवर, दुर्गा भण्डारीले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताए । करीब १० करोड रुपैयाँ लागतमा स्थापित भएको कम्पनीमा २५ जना कर्मचारीहरुले रोजगार दिएको छ । स्वदेशमा काठमाडौं र विदेशमा सिड्नी अष्ट्रेलियामा शाखा कार्यालय रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित