हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

अत्याधिक गर्मी बढेपछि तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ ।

‘नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिन देखी बढीरहेको तापक्रमले अत्याधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुदाँ वार्षिक विदावाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखी २०८०।०३ । १७ गते सम्म नगर भित्रका सम्पुर्ण शैक्षिक संस्था ( सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएकोले सोही अनुसार गर्नुहुन जानकारी गराइन्छ ।’– तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाले भने भोलिदेखि जेठ २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई विदा दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरभित्रका सबै विद्यालय भोलिदेखि जेठ २४ गतेसम्म बन्द हुने जनाएको हो ।

‘विगत केही दिनदेखि अत्याधिक मात्रामा तापक्रम बृद्धि हुँदा दिउसोको समयमा विद्यालय जाँदा आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले यस सैनामैना नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरु मिति २०८० जेठ २२ देखी २४ गते सम्म वर्षे विदाबाट कट्टा हुनेगरी गर्मी विदा गरिएको व्यहोरा अनुरोध छ ।’– सूचनामा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित