तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

संघ बजेटः तिलोत्तमालाई सवैभन्दा धेरै, सवैभन्दा कम कसलाई ?

आर्थिक वर्ष २०८०।८१ को प्रस्तुत बजेटमा रुपन्देहीका १६ वटा पालिकाले ७ अर्ब २६ करोड बजेट अनुदान प्राप्त गरेका छन । संघीय सरकारबाट बजेट अनुदान पाउनेमा तिलोत्तमा नगरपालिका जिल्लामा पहिलो बनेको छ ।

बुटवल उपमहानगरपालिकालाई समेत पछि पार्दै तिलोत्तमा नगरपालिकाले १ अर्ब १७ करोड ८० लाख बजेट अनुदान प्राप्त गरेको छ । ससर्त तर्फ ९२ करोड ४० लाख, समानिकरण तर्फ २२ करोड ९० लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ५० लाख गरी १ अर्ब १७ करोड ८० लाख बजेट प्राप्त गरेको हो । जस मध्ये चालु तर्फ ६७ करोड ३२ र पूँजीगत तर्फ ५० करोड ४९ लाख अनुदान रहेको छ ।

बुटवल उपमहानगरपालिकाले भने कूल ८० करोड ८९ लाख बजेट अनुदान प्राप्त गरेको छ । सशर्त अनुदानतर्फ ४७ करोड ९२ लाख, समानिकरण तर्फ ३० करोड १७ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ८० लाख प्राप्त गरेको हो । जस मध्ये चालुतर्फ ८६ करोड ९ लाख अनुदान प्राप्त गर्दा पूँजीगतर्फ ४ करोड ८० लाख मात्रै अनुदान प्राप्त गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित