रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

जन्मिने बित्तिकै शिशुहरुमा देखिन सक्ने स्वास्थ्य समस्याहरु

शिशुको वृद्धि विकास आमाको गर्भदेखि नै सुरु हुन्छ। जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्त्यन्तै महत्वपूर्ण मानिन्छ। शारीरिक रुपमा शिशुको वृद्धि विकास उसको उमेर अनुसारको तौल, उचाई, टाउकोको गोलाई लगायतले निर्धारण गर्दछ।

कतिपय शिशु स्वस्थ जन्मन्छन् त कति जन्मजात नै अस्वस्थ हुन्छन्। एक सय जना शिशु जन्मिदा १० जना शिशुलाई कुनै न कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको कान्ति बाल अस्पतालकी बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्राडा दीपेश्वरा नेपाल बताउँछिन्।

सास फेर्न गाह्रो हुने, पेट भित्रै दिसा खाने, एमीन्योटिक फ्लुड खाएको, कसैको पोजिसन नमिलेको लगायत समस्या यस अन्तर्गत पर्दछन्। उक्त १० जना शिशुमध्ये पनि एक प्रतिशत शिशुमा गम्भीर खालको श्वासप्रश्वासको समस्या देखिन्छ। उनीहरु आफैँ सास फेर्न सक्ने अवस्थामा हुँदैनन्। मृत्यु र अपाङ्गता हुने संभावना पनि यही एक प्रतिशत अन्तर्गतका शिशुहरु पर्दछन्। उनीहरुलाई शिशु सघन उपचार कक्ष (एनआइसीयू) को आवश्यकता समेत पर्दछ।

‘४२ हप्ताभन्दा बढीमा शिशु जन्माए। लामो समयसम्म बेथा लागे। पेटमा शिशु हुँदा अप्ठ्यारो भयो भने पनि शिशु पेट भित्रै निस्सासिन सक्छ।’ उनले भनिन्, ‘तालिम प्राप्त नर्स र चिकित्सक भएका स्वास्थ्य संस्थामा समयमै लगियो भने उपचार हुन्छ। नभए पेटभित्रै शिशु निस्सासियो भने मस्तिष्कमा अक्सिजन नपुग्दा उसको वृद्धि विकासमा पनि असर गर्छ। र, उपचार भएपनि उसको मुटु, मिर्गौलामा असर गर्न सक्छ।’

आमाको शरीरमा कुनै किसिमको संक्रमण भए शिशुलाई पनि संक्रमण हुन सक्ने उनले बताइन्। अधिकांश बच्चा निस्साने समस्या पनि आमाको पेटभित्रै हुन्छ। यो सँगै शिशु जन्मिएपछि निलो हुने, हात खुट्टा नचलाउने, बान्ता हुने, खान नसक्ने, दूध चुस्न नसक्ने समस्या देखिन्छन्। रक्तचाप, मधुमेह भएका, कलिलो उमेर र धुम्रपान गर्ने महिलाले जन्माएको शिशु अस्वस्थ हुने उनले बताइन्। विशेषगरी यी महिलाहरुले महिना नपुगी शिशु जन्माउने गरेको पाइएको छ।

कतिपय शिशुलाई जन्मिनै बित्तिकै जण्डिस समेत हुने गर्छ। जण्डिस भएका शिशुको छाला र आँखाको सेता भागहरु पहेलो हुन्छ। रगतमा भएका रक्तकोषहरु टुक्रिन्छन् र रगतमा बिलिरुबिन भन्ने पदार्थ मिसिन्छ। नवजात शिशुहरुको कलेजो अतिरिक्त बिलिरुबिनलाई सम्हाल्नको लागि परिपक्क भइसकेको हुँदैन। समय नपुगी जन्मिएका, राम्रोसँग स्तनपान नगरेका, आमाको भन्दा फरक रक्त समूह भएका र संक्रमण भएका कारण पनि बच्चालाई जण्डिसको समस्या हुन सक्छ।

सामान्यतया बालबालिका जन्मिएको पहिलो २४ घण्टाभित्र कालो दिसा गर्छन्। केहीलाई भने २÷३ सम्म हुने उनले बताइन्। दिसा र पिसाब अडाउने प्रणालीको विकास नभइ नसकेको हुँदा दुई महिनासम्म दूध खाने बित्तिकै दिसा पिसाब हुने उनले बताइन्।

‘पाँच÷सात दिनसम्म कब्जियत भयो भने समस्या हुन्छ। दिसामा रगत देखियो। दिसा गर्दा बच्चा रुन्छ। पानी जस्तै दिसा गरेको छ भने पनि समस्याको रुपमा लिनुपर्छ।’ उनले भनिन्।

बालबालिकाको दिसाको रंग उसले खाने खानेकुरामा पनि भर पर्छ। दूध मात्र खाइरहेकाको सेतो, साग खाए हरियो हुने पनि हुन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित