तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

आर्थिक मारमा बुटवलका होटल ब्यवसायी, घरभाडा छुटको अपिल

बुटवल ।
आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई भाडा छुटको अपिल गरेका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दुई वर्षदेखी कोभिड १९ संक्रमण र अहिले आर्थिक मन्दीका कारण समस्यामा परेको होटल ब्यवसायीहरुलाई घरबहाल छुट गर्न आग्रह गरेका हुन । संस्थागत पहलमा १४ जना घरधनिबाट २०–४० प्रतिशतसम्म छुट प्राप्त भएको बताए । जटिल अवस्थालाई मध्येनजर गरि घर बहाल छुट गर्ने, बैकका ब्याजदर कम गर्ने र मुख्य घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए । रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत भाडामा रहेका छन । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु संघमा आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन । बुटवलबाट अस्थाई राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तरास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता ब्यापार ब्यवसायमा गिरावट आएको बताए ।
यसैबिच संघको पहिलो बैठकबाट पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ ।

कार्यक्रममा होटल ब्यवसायी घरबहाल ब्यवस्थापन समितिका संयोजक प्रेम प्रसाद भट्टराईले ब्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडहरु छन । टाईगर, पवन प्यालेस र सिद्धार्थ भिल्लासा पाचतारे ३ वटा होटल छन । चारतारे बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरि ३ वटा र तीन तारे १२–१५ वटा छन । अर्कोतर्फ ए लेभलका ३ सय होटलहरु छन । बाकि बजेट र डाउनटाउन लेभलका होटल छन । पर्यटन क्षेत्रमा कुल ३० खर्ब भन्दा बढि लगानी रहेको उनले दाबी गरे । ठुला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुदा पर्यटन ब्यवसाय ठप्प छ । संचालन खर्च समेत चलाउन नसक्ने अवस्था छ । वार्षिक २–३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था भएको हो । नाटासंग सहकार्यमा टुर प्याकेज चलाउने तयारीमा आफुहरु रहेको उनले बताए ।
कार्यक्रममा संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायको भाडा न्युनिकरणबाट टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसंगै ब्यवसाय प्रवद्घर्नका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा घरधनि रबिलाल पोखरेलले धेरै ब्यवसायीहरु पेशा छोड्न मनसायमा देखिएको बताए । खानाको गुणस्तर, बसाईको लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पुर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्यास आउनु जस्ता कारण पनि यसकाप्रत्यक्ष प्रभाव परेको उनले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरीले ब्यवसायहरुबाट दबाब दिने र सरकारबाट नितिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित