३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

शान्ति नमुनामा प्राविधिक तालिम सम्पन्न

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको छ ।
तह–१ को ३ सय ९० घण्टाको तालिम गत फागुन २५ गतेदेखि वैशाख ३१ गते सम्म सञ्चालित गरिएको थियो । तालिममा सहभागीहरुलाई शुक्रबार एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ । तालिममा २० जना वेटर र २० जना आर्क वेल्डरका गरी ४० जनाको सहभागिता रहेको थियो । वेटर तालिममा ओम खत्री, निशान थापा र सुवर्ण वर्माले सहजिकरण गरेका थिए भने आर्क वेल्डरमा प्रकाश घिमिरे र गणेश न्यौपानेले सहजिकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बोल्दै अहिलेको समयमा हातमा सिप हुने व्यक्तिहरुले सहजै अवसर प्राप्त गर्न सक्ने भन्दै सिपले मान्छेलाई सक्षम र स्वाभिमानी बनाउने बताए ।
कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सिटिइभिटी संयोजक भीम प्रसाद पाण्डे, डिएचएम संयोजक भोजराज वस्ती लगायतले बोल्दै पढ्दै कमाउदै अभियानमा विद्यार्थीहरुलाई जोड्दै सिपयुक्त बनाउनुपर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित