स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ                
समाचार :

सिद्धबाबाको वैकिल्पक सडकः कुन वर्ष कति बजेट खर्च ?

सिद्धबाबाको अप्ठ्यारो छल्न वैकल्पिक सडकको योजना अगाडि बढ्यो धागो कारखाना–चरङ्गे सडक । २१ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पाल्पातर्फ झण्डै ८ करोड खर्च भएको छ ।

पाल्पा खण्डमा आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड ८७ लाख ७३ हजार ३६८ रूपैयाँ खर्च भयो । अर्को वर्ष २०७६/०७७ मा २ करोड ८९ लाख ७५ हजार ८२९ रूपैयाँ खर्चिइयो । २०७७/०७८ मा १ करोड ५८ हजार ६९९ र २०७८/०७९ मा ३ करोड ७६ लाख ५१ हजार ८३४ रूपैयाँ खर्च गरिएको यातायात पूर्वाधार निर्देशनालय पाल्पाका प्रमुख इन्जिनियर अरुन गुप्ताले बताए ।

पहिलो वर्ष आर्थिक वर्ष २०७५/०७६ मा रूपन्देही खण्डमा ५ करोड बजेटले ७ कि.मि साइड कटिङसहित ७ वटा कल्भर्ट र ६७० मिटर कालोपत्रे गरिएको थियो । दोस्रो वर्ष (आव २०७६/०७७ मा) ६ करोड बजेट १५ सय मिटर कालोपत्रे गरियो । विनियोजन भएको बजेटमध्ये ४ करोड २० लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ ।

अर्को वर्ष अर्थात आ.व. २०७७/०७८ मा ४ करोड ९० लाख विनियोजन भएको बजेटमध्ये २ करोड ८३ लाख खर्च हुँदा १ हजार ८०० मिटर ग्राभेल, एउटा कल्भर्ट र १६ सय मिटर नाली पक्की गर्न खर्च गरिएको छ । आ.व. २०७८/७९ मा ४ करोड ५० लाख बजेटमध्ये २ करोड १५ लाख बजेट खर्च गरेर १२०० मिटर कालोपत्रे गरिएको छ । चालू आ.व.मा बजेट कटौती गरेर १ करोड ५० लाख मात्र विनियोजन गरिएकोमा अहिलेसम्म ठेक्का सम्झौता हुन नसकेको आयोजनाका इन्जिनीयर रायमाझी बताउँछन् ।

रूपन्देहीतर्फ पनि सोही बराबरको रकम खर्च भएको छ । झुम्सादेखि चरङ्गेसम्म पालान्दर र हेकबारीमा २ वटा पुल र १ कल्भर्ट निर्माण भएको छ । बेलदमार खोलाको पुलको २ करोड ५१ लाखमा ठेक्का लागे पनि निर्माण व्यवसायीले पेस्की लगेर काम शुरू गरेका छैनन् । पाल्पातर्फ ग्राभेल, नाली, ग्याभिन, रिटेनिङ वालका लागि ८ करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।

पुलपुलेसामा ३ करोड ३९ लाख खर्च भएको छ । डोजर लगाएर सडक खनेको क्षेत्रमा माथिबाट भेलसहित आउने लेदोले सडक बगाउने समस्या देखिएको तिनाउका स्थानीय दलबहादुर गुरूङले बताए । ‘यो क्षेत्र चुरे हो । यहाँको भू–बनोट स्खलित हुने खालको हो । यहाँ ठाडा–ठाडा खोल्साहरूमा खहरेको रूपमा आउने भेलले सडक बगाउने गर्छ,’ गुरुङले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित