तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीमा ‘लुम्बिनी युवा सम्मेलन’ सुरु

बुटवल । लुम्बिनी युवा सम्मेलन–२०८० विहिबारदेखि रुपन्देहीमा सुरु भएको छ । प्रदेश स्तरीय किशोर किशारीको आयोजना भएको सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलनको लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष केसीले अहिलेको युग प्रविधि र सुचनाको युग भएकाले समुदाय स्तरमा किशोर किशोरी तथा युवा युवतीहरुको संजाल बन्नु सकारात्मक रहेको बताए । साथै प्रदेशस्तरमा क्रियाशिल प्रदेश किशोर किशारी तथा युवा संजालको संस्थागत विकास, क्षमता विकास गर्नका लागि प्रदेश योजना आयोग विभिन्न योजनाका माध्यमबाट आवश्यक सहयोग गर्ने बताए ।

यस्तै युवा परिषदु लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द्र बहादुर खत्रीले यस प्रकारका संजालको माध्यमबाट समाजमा आमुल परिर्वतन गर्न सकिने भएकाले राज्यले सहयोग गर्न कुनै कन्जुसाई गर्न नहुने बताए ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष केसी र किशोरकिशोरी तथा युवाहरुसँग अन्तरक्रिया भएको थियो । जसको सहजिकरण कान्तिपुर राष्ट्रिय दैनिकका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवालले गरेका थिए ।

३ दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेश भित्रका विभिन्न पालिका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिहरु र किशोर किशोरीहरु ीवचमा विभिन्न अन्तरक्रियाका कार्यक्रम हुने छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित