तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चिनियां लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट प्रालि द्वारा दाङ सिमेन्ट स्थापना गर्न तयार

चिनियां लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट प्रालिले दाङ सिमेन्ट स्थापना गर्न तयार भएको छ ।
केही महिनाअघि दाङमा सिमेन्ट उद्योग खोल्ने योजनाबाट पछि हटेको होङ्सी अहिले समझदारी (एमओयु) गर्न तयार भएको हो । होङ्सीले एमओयु गर्न तयार रहेको जानकारी लगानी बोर्डलाई गराएको छ ।
होङसी अहिले दाङमा सिमेन्ट उद्योग खोल्न भनेर फेरि सम्पर्कमा आएको लगानी बोर्डले बताएको छ ।
लगानी बोर्डले कुल लागतको ० दशमलव ५ प्रतिशत धरौटी लिने व्यवस्था एमओयुमा थप्न लागेको छ ।
यसअघि निर्माण, सञ्चालन र हस्तान्तरण नीतिअन्तर्गत आएका परियोजनासंग मात्र परफरमेन्स बन्ड लिने गरेकोमा अब परियोजना लगानी सम्झौता (पिआईए) हुने परियोजनासंग पनि धरौटी लिने व्यवस्था गरेको हो ।
बोर्डले दाङमा सिमेन्ट कारखाना निर्माणका लागि ३२ अर्ब ५० करोड रुपैयां लगानी स्वीकृति दिइसकेको छ । लगानी बोर्डको २०७७ असार ५ को बैठकले लगानी स्वीकृत गरेको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले २०८० असारभित्र परियोजना लगानी सम्झौता (पिआइए) गर्न समयसीमा तोकेको थियो । एमओयुमा भएको ढिलाइले निर्धारित समयमा पिआइए नहुने भएको छ ।
पिआइएको म्याद थप्नुपर्ने अवस्था आएको बोर्डको भनाई छ ।
पिआइए भएपछि दाङले सिमेन्ट कारखाना पूर्वाधार तयार र खानी उत्खनन अनुमतिपत्र (लाइसेन्स) पाउने छ । दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन हुने छ । उद्योगले सिमेन्टको कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सिमेन्टमा चिनियां कम्पनी एसएचई इन्भेस्टमेन्टको झन्डै ८५ प्रतिशत स्वामित्व हुने बताइएको छ । बांकी नेपाली लगानीकर्ताको हुनेछ । सिमेन्ट कारखाना र खानी उत्खनन पूर्वाधार तयारीका लागि सेयर रहने भएको छ ।
दाङ सिमेन्टमा अब चिनियां कम्पनी एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता स्वामित्व हुनेछ । त्यस्तै नेपाली लगानीकर्ताहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारी अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित