तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

२९ जेठदेखि नेवानिले मलेसियाबाट भैरहवामा नियमित उडान गर्दै

अन्ततः नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणका सिलसिलामा तयारीको काम गरेका थिए ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।

निगमले क्वालालाम्पुर–भैरहवाको प्रमोशनल भाडादर १२ हजार ७ सय तोकेको छ । क्लावालाम्पुर–भैरहवा–काठमाडौं रुटको प्रमोशनल भाडादर १४ हजार ७२० रुपैयाँ तोकिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित