भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

शिवशिखर सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती पक्राउ, सबै सम्पत्ति रोक्का

शिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरु थुनामा छन् ।

बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् । शिबशिखर बहुउद्धेश्यिय सहकारीका पूर्व अध्यक्ष समेत रहेका केदार शर्मा अहिले फरार छन् । उनी फरार भएको अवस्थामा उनकी श्रीमति गिता शर्मा सहकारी विभागमा पुगेर बचतकर्ताको पैसा फिर्ता गर्ने र आफ्नो श्रीमानलाई पनि सम्पर्कमा ल्याउने प्रतिवद्धता विभागसँग गरेकी थिइन् ।

विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार उनलाई विभागले १० दिनको समय दिएको थियो । सो समयभित्र उपस्थित नगराएपछि विभागले अनुसन्धान प्रक्रियालाई सघाउन गरेको अनुरोधमा सीआईबीले गिता शर्मासहित तीन जनालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता संजय सिंह थापाले बताए ।

थापाका अनुसार उनीहरुलाई थुनामा राखेर अहिले अनुसन्धान भइरहेको छ भने केदार शर्माको पनि खोजी भइरहेको छ । अहिले शर्मा भारतमा रहेको बुझिएको छ ।

सहकारी विभागले सहकारीका सञ्चालकलाई विभिन्न समयमा पत्राचार गरेर सम्पर्कमा आउन ताकेता गरेपनि सम्पर्कमा नआएपछि मुद्दा अगाडि बढाइएको हो भने सबै सञ्चालकको नाममा रहेको सम्पत्ति पनि रोक्का गरिएको हो ।

उपाध्यायका अनुसार सहकारी संस्थाको तर्फबाट पेश भएका सबै कागजातहरुको अध्ययनको आधारमा तत् निकायमा सम्पत्ति रोक्काका लागि आग्रह गरे बमोजिम सम्पत्ति रोक्का भएको हो ।

विभागले जग्गाधनी पूर्जाहरुको विवरण संलग्न राखी भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई, शेयर प्रमाणपत्रको विवरण संलग्न राखी कम्पनी रजिष्ट्रार कार्यालयलाई, सवारी साधनहरुको विवरण संलग्न राखी यातायात व्यवस्था कार्यालयलाई रोक्का राख्न अनुरोध गरेको छ ।

सहकारी विभागले विभिन्न नियकाहरुको सहयोगमा अनुसन्धान गर्दा सहकारीको १० अर्ब बचतमध्ये १ अर्ब ९० करोड रुपैयाँ सहकारीका सदस्य र बाँकी ८ अर्ब बढी रकम सो सहकारीका सिस्टर कम्पनीहरुमा लगानी गरेको भेटिएको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बताए । अब सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नका लागि उनको ती सिस्टर कम्पनीहरुको सम्पत्ति बिक्री गरिने बताइएको छ ।

शर्माले सहकारीका बचतकर्ताको रकम शिखर अर्गनाइजेसनका कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । शर्माले सहकारीका बचतकर्ताको रकम आफ्नो तीन दर्जन बढी कम्पनीमा लगानी गरेको पनि बताइन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित