३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

नमस्ते एकेडेमीका विद्यार्थीले मलेसियामा सम्पन्न कराँतेमा नेपाललाई दिलाए ८ पदक

रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले प्राप्त गरेको ५ स्वर्णसहित नेपालले कूल ७ स्वर्ण पदक प्राप्त गरेको थियो । नेपालले समग्रमा कूल १० पदक जितेको थियो ।

सम्पन्न प्रतियोगितामा नमस्ते एकेडेमीका विद्यार्थीले नेपाललाई उपाधी दिलाउनमा हाबी देखिए । नमस्ते एकेडेमीका विद्यार्थीले ५ स्वर्ण, १ रजत र २ कास्य पदक दिलाएका थिए । विद्यालयकी प्रशिद्धी शर्मा, देवकुमार शाह, प्रजेश शाह, अरुन शेरचन र रिदेश बस्यालले विभिन्न तौल समूह तथा फरक फरक विधामा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यसैगरी आकृति कंडेलले रजत तथा संयाम कंडेल र वैश्नमी वर्माले कास्य पदक दिलाउन सफल भएका हुन् । १२ देखि १४ मे सम्म मलेसियामा सञ्चालन भएको प्रतियोगितामा सहभागी हुन यही वैशाखको २६ गते नेपाली टीम मलेसिया प्रस्थान गरेको टीम म्यानेजर शोभाखर पन्तले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाल सहित मलेसिया, भारत, इण्डोनेसिया, सिंगापुर, श्रीलंका लगायतका देशको सहभागीता रहेको नेपाल करांते डो संघका प्रमुख प्रशिक्षक तथा संस्थापक अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित