बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

तिलोत्तमाको लुम्बिनी वल्ड स्कुलमा ‘कोडिङ कक्षा’

लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी वल्ड स्कुलमा कोडिङ कक्षा सञ्चालन हुने भएको छ । विद्यालयले शुरु गर्न लागेको कोडिङ कक्षा सञ्चालनका लागि नेपाल स्टीम एलाईन्सका सिईओ शुशिल बुढोथोकी र विद्यालयका प्रिन्सीपल बिष्णुप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कोडिङ कक्षा सञ्चालनका लागि लुम्बिनी वल्ड स्कुलले वैशाख ९ गतेदेखि १७ गते सम्म शिक्षकहरुलाई तालिम प्रदान गरेको थियो । कोडिङ भनेको कम्प्युटरको भाषा हो, २१ औं शताब्दीको लागि बिभिन्न सिप मध्ये एक हो । बच्चाहरूलाई प्रारम्भीक उमेरमा नै कोडिङ सिकाउनाले उनीहरूका लागि नयाँ क्यारियर अवसरहरू खोल्न सक्ने छन् । कोडिङ कक्षासँगको साझेदारीमा स्कुलमा कोडिङ कक्षा कार्यक्रम लागु गर्न लागिएको हो ।

प्रबिधिको बिकाससंगै कक्षा १ देखि नै बिद्यार्थीहरुलाई सिप सिकाउदै जाने उद्धेश्यले स्कुलले आफ्नो पाठ्यक्रममा कोडिङ पाठ्यक्रमहरु लागि गरिएको विद्यालयका प्रिन्सीपल बिष्णुप्रसाद ढकालले जानकारी दिए । कोडिङ अभ्यासले समस्या समाधान र कम्प्युटेसनल सोच क्षमतामा सुधार गर्दछ विद्यालयका प्रिन्सीपल ढकालले भने ‘लुम्बिनी वल्र्ड स्कूलले परम्परागत विद्यालयहरूको अवधारणालाई अस्वीकार गर्दै प्रबिधि र सीपमा आधारित शिक्षामा बिशेष जोड दिन्छ ।’

सम्झौतापत्र हस्ताक्ष रकार्यक्रममा बोल्दै स्कुलका शैक्षिक निर्देशक डा. मीन प्रसाद खनालले विद्यालयलाई गतिविधिमा आधारित सिकाइ केन्द्रको रुपमा बिकास गर्दै जाने बताए । उनले युग सुहाउदो शिक्षा प्रदान गर्न आफुहरु लागि परेको बताउदै त्यसै अनुसारको पाठ्यक्रम लागु गर्दै आएको बताए ।

कोडिङ कक्षाका एकेडेमिक हेड दीपर्शन श्रेष्ठले कोडिङ कक्षाको माध्ययमबाट बिद्यार्थीहरु परम्परागत अबधारणा भन्दा माथि उठ्ने र भविष्यमा बिद्यार्थीहरुमा ज्ञान र सीप भरिपुर्ण हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित