रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

बुटवल । बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ । पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तक दिने आशा व्यक्त गरे ।
विद्यालयका प्राचार्य दिनेश भुसालले पुस्तक विमोचन तथा अभिमुखीकरण कार्यक्रममा विद्यालयले शिक्षासँगै संस्कार जोड़ने अभियान सुरू गरेको भन्दै बनौ संस्कारी पुस्तक प्रकाशित गरेको बताए । प्राचार्य भुसालले हाम्रो इतिहास संस्कार र संस्कारीका गाथाहरुले भरिएको हुँदा अक्सफोर्ड माविले संस्कार सहितको शिक्षण सुरू गर्न थालेको बताए ।
कार्यक्रममा अक्षरा स्कुल काठमाडौंका प्रिन्सिपल अन्जु भट्टराई, प्रशिक्षक डा. राजु अधिकारी, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी कलेजका अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल लगायतको आतिथ्यता रहेको थियो । पाँच सय अभिभावक सहभागी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक डा.राजु अधिकारीले कलिलो उमेरका नानीबाबुलाई पोशिलो खानेकुराको आवश्यकता परे जस्तै संस्कारयुक्त शिक्षाको आवश्यक रहेको हुदा अक्सफोर्डले थालेको कदमप्रति अभिभावकले साथ दिनु अपरिहार्य रहेको बताए । दुई दिनसम्म चलेको कार्यक्रमको सञ्चालन सहायक प्राचार्य चिरञ्जीवी सापकोटाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित