३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

बुटवल । बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ । पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तक दिने आशा व्यक्त गरे ।
विद्यालयका प्राचार्य दिनेश भुसालले पुस्तक विमोचन तथा अभिमुखीकरण कार्यक्रममा विद्यालयले शिक्षासँगै संस्कार जोड़ने अभियान सुरू गरेको भन्दै बनौ संस्कारी पुस्तक प्रकाशित गरेको बताए । प्राचार्य भुसालले हाम्रो इतिहास संस्कार र संस्कारीका गाथाहरुले भरिएको हुँदा अक्सफोर्ड माविले संस्कार सहितको शिक्षण सुरू गर्न थालेको बताए ।
कार्यक्रममा अक्षरा स्कुल काठमाडौंका प्रिन्सिपल अन्जु भट्टराई, प्रशिक्षक डा. राजु अधिकारी, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी कलेजका अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल लगायतको आतिथ्यता रहेको थियो । पाँच सय अभिभावक सहभागी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक डा.राजु अधिकारीले कलिलो उमेरका नानीबाबुलाई पोशिलो खानेकुराको आवश्यकता परे जस्तै संस्कारयुक्त शिक्षाको आवश्यक रहेको हुदा अक्सफोर्डले थालेको कदमप्रति अभिभावकले साथ दिनु अपरिहार्य रहेको बताए । दुई दिनसम्म चलेको कार्यक्रमको सञ्चालन सहायक प्राचार्य चिरञ्जीवी सापकोटाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित