तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दीपमा विदाई तथा शुभकामना कार्यक्रम

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै टीका, खादा तथा मायाको चिनोद्वारा सम्मान तथा विदाई गरिएको थियो ।
कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर अध्ययन गरेका विद्यार्थीहरू र ५ वर्षभन्दा बढी समय कक्षा ११ र १२ तर्फ कार्यरत शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूले विविध सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । त्यसैगरी अनुजा मिडियाले विद्यालयका प्राचार्य टीकाराम न्यौपानेलाई बेस्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गरेको सन्दर्भमा कक्षा ११ र १२ मा कार्यरत शिक्षक र कर्मचारीहरूका तर्फबाट टीकाराम न्यौपानेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले कक्षा १२ उत्तीर्णपछि मात्रै उच्च शिक्षाको शुभारम्भ हुने भएकाले मिहिनेतका साथ अध्ययन गरी परिवार तथा विद्यालयको अपेक्षा पूरा गर्न सुझाव दिए ।
अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले सफल जीवनका लागि समयमै मिहिनेत गर्नुपर्ने बताउँदै परीक्षा सफलताका लागि शुभकामना दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सुन्दर भविष्यका लागि समयमै मिहिनेत गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै परीक्षा सफलताको शुभकामना दिए । त्यस्तै वि.व्य.स. वसन्तकुमार जोशी र विज्ञान सङ्कायका संयोजक कमल नेपालले परीक्षा सफलताको द्यिए । कक्षा ११ का विद्यार्थी समीक्षा आचार्यले स्वागत र कक्षा १२ की विद्यार्थी शर्मिला पन्थीले कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा ११ विद्यार्थी सन्तोष राजवंशीको अध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, उपपाचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.स.समिति सदस्य विष्णुमाया श्रेष्ठ र रेखाश्रेष्ठ लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको औपचारिक कार्यक्रम शिक्षक पुरुषोत्तम पाण्डेय र राजश्री गौतमले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विपिन थापा र विदुषी पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित