निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।

पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर्ष भए पनि एमालेको साथ पाएर सशक्त दाबेदारका रूपमा देखिएका छन् । यस क्षेत्रमा कांग्रेसका बालकृष्ण खाँण पनि बलिया उम्मेदवार हुन् ।
०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा बोहोराले एमालेका घनश्याम भुसालसँग प्रतिस्पर्धा गरेका थिए । तत्कालीन वाम गठबन्धनका उम्मेदवार भुसालसँग बोहोरा ५ हजार ४४४ मतान्तरले पराजित भएका थिए । अहिले भने कांग्रेससँगै बोहोराको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यसर्थ सकस छ खाँणलाई

यो निर्वाचन क्षेत्रमा राप्रपाको राम्रो प्रभाव छ । अर्कोतिर जनमतमा एमाले पनि सशक्त पार्टीका रूपमा स्थापित छ । त्यसैले एमाले र राप्रपाबीचको तालमेल कांग्रेसका उम्मेदवार खाँणका लागि चुनौतीपूर्ण देखिन्छ ।

अर्कोतर्फ यहाँ नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र शेखर कोइराला पक्ष गरी दुई गुट सक्रिय छन् । रुपन्देहीको महाधिवेशनमा अघिल्लो वर्ष यी दुई गुटबीच कुटाकुट नै भएको थियो । कांग्रेसभित्रको गुटबन्दीका कारण खाँणलाई थप चुनौती देखिन्छ ।

त्यस्तै तिलोत्तमामा आफ्नै भाइ रामकृष्ण खाँणलाई मेयर बनाएकोप्रति कतिपय नेता कार्यकर्ता कांग्रेस नेता बालकृष्ण खाँणप्रति रुष्ट बनेका छन् । उनीमाथि नातावादको आरोप लाग्ने गरेको छ ।

बोहोरालाई पनि छ चुनौती

नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका बोहोरालाई एमालेको एक हिस्साले भोट नहाल्न सक्छ । यसअघि चुनाव लडेका एमाले नेता भुसालले पार्टीबाट यसपटक टिकट नपाएपछि भुसालका समर्थक केही नेता कार्यकर्ता पार्टी नेतृत्वप्रति रुष्ट बनेका छन् ।

यस क्षेत्रका अगुवा एमाले नेताहरू डा. राप्रसाद बस्याल, सुरेन्द्र उपाध्याय लगायत एउटा पङ्क्ति पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिएको छ । भुसाललाई टिकट नदिनकै लागि यो क्षेत्रमा राप्रपासँग तालमेल गरेको भन्दै उनीहरु रुष्ट भएका हुन् । यी रुष्ट नेताहरुले बोहोरालाई नसघाउन सक्छन् । जसका कारण बोहोरालाई पनि चुनाव जित्न निकै चुनौती देखिन्छ ।

यस्तो छ अंकगणित

रुपन्देही–३ मा कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारहरूले ३४ हजार १५३, एमालेका वडाध्यक्ष उम्मेदवारहरूले २९ हजार ४८ र राप्रपाका वडाध्यक्ष उम्मेदवारहरूले १३ हजार ३९७ मत पाएका छन् ।

यस्तै, जसपाका वडाध्यक्ष उम्मेदवारहरूले ६ हजार १८३, माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरूले दुई हजार ८८१, लोसपाका वडाध्यक्ष उम्मेदवारहरूले दुई हजार १७४ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूले ९७७ मत पाएका थिए ।

यो मतका आधारमा सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १६७ पुग्छ भने एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । तर, एमालेको असन्तुष्ट पक्षले अन्तरघात गरेको खण्डमा बोहोरालाई जित निकाल्न कठिन हुने देखिन्छ । किनकि, २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका घनश्याम भुसाल पछिल्लो समय एमालेबाट बाहिरिएका छन् । उनका समर्थकहरूले निर्वाह गर्ने भूमिकाले नै यो क्षेत्रको नतिजालाई प्रभाव पार्न सक्ने देखिन्छ ।

रुपन्देही क्षेत्र नं. ३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्दछ ।

रातोपाटी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित