मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुग्यो

बुटवल । लुम्बिनी प्रदेशमा बेरुजु ३ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालयका उपमहापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिबेदन अनुसार लुम्बिनीको बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड ८० लाख ८५ हजार उक्त आर्थिक वर्षमा बेरुजु देखिएको छ । त्यस्तै गत आर्थिक वर्षमा १ अर्ब ७० करोड ७६ लाख ४० हजार बेरुजु देखिएकोमा १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई १ अर्ब ५६ करोड ९० बजार बेरुजु छ ।
आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न सरकारी कार्यालयमा १ अर्ब २४ करोड ४८ लाख ५३ हजार बेरुजु देखिएको छ । सोमध्ये ६ करोड ६८ लाख ८९ हजार असुल हुनै पर्ने देखिएको छ भने ७ करोड ४१ लाख २१ हजार अनियमित देखिएको छ ।
यसैगरी ३१ करोड ५५ लाख २४ हजार रकमको कागजात पूरा भएको छैन । १२ करोड १२ लाख ३० हजार रकम कर्मचारी तथा अन्य शीर्षकमा पेश्की देखिएको छ ।
यसैगरी सोही आर्थिक वर्षमा समिति तथा अन्य संस्थाहरूमा २५ करोड ३२ लाख ३२ हजार बेरुजु रकम देखिएको छ । उक्त रकममध्ये १ करोड २३ लाख ९९ हजार असुल हुनु पर्ने देखिन्छ भने २४ करोड ८ लाख ३४ हजार रकम अनियमित भएको देखिन्छ । उक्त रकममा प्रमाण कागजात पेश नभएको तथा शोधभर्ना लिनुपर्ने पनि देएिका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित