
बुटवल । लुम्बिनी प्रदेशमा बेरुजु ३ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालयका उपमहापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिबेदन अनुसार लुम्बिनीको बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड ८० लाख ८५ हजार उक्त आर्थिक वर्षमा बेरुजु देखिएको छ । त्यस्तै गत आर्थिक वर्षमा १ अर्ब ७० करोड ७६ लाख ४० हजार बेरुजु देखिएकोमा १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई १ अर्ब ५६ करोड ९० बजार बेरुजु छ ।
आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न सरकारी कार्यालयमा १ अर्ब २४ करोड ४८ लाख ५३ हजार बेरुजु देखिएको छ । सोमध्ये ६ करोड ६८ लाख ८९ हजार असुल हुनै पर्ने देखिएको छ भने ७ करोड ४१ लाख २१ हजार अनियमित देखिएको छ ।
यसैगरी ३१ करोड ५५ लाख २४ हजार रकमको कागजात पूरा भएको छैन । १२ करोड १२ लाख ३० हजार रकम कर्मचारी तथा अन्य शीर्षकमा पेश्की देखिएको छ ।
यसैगरी सोही आर्थिक वर्षमा समिति तथा अन्य संस्थाहरूमा २५ करोड ३२ लाख ३२ हजार बेरुजु रकम देखिएको छ । उक्त रकममध्ये १ करोड २३ लाख ९९ हजार असुल हुनु पर्ने देखिन्छ भने २४ करोड ८ लाख ३४ हजार रकम अनियमित भएको देखिन्छ । उक्त रकममा प्रमाण कागजात पेश नभएको तथा शोधभर्ना लिनुपर्ने पनि देएिका छन ।