तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

छठको चहलपहल सुरु

भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन । ५० बर्ष पहिलै देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्ष देखि छठको पूजा गरिदै आएको छ ।

कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन । छठघाटको व्यवस्थापन र सजावटको काम तिब्र गतिमा भइरहेको छ । विगतका बर्षको भन्दा पनि यस बर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ । छठघाटको सरसफाइ , सजावट र व्यवस्थापनमा समिति लागेको छ , काम तिब्र गतिमा भइरहेको छ ।

समितिले छठ पूजाका दिन छठघाटमा ब्रतालु ,दर्शनार्थी र भक्तजनहरुको सहजता र सुरक्षाका बारेमा छलफल समेत गरेको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्रीको जोहोका लागि किनमेलमा व्यस्त देखिएका छन् । तराई–मधेसका प्रमुख बजारसाथ साथै सिमापरि पनि छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको चहलपहल बढेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ । यि सामान किन्न भैरहवाको मुख्यबजार साथै भारतमा समेत किनमेलका लागि पुग्ने गरेका छन । मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व भैरहवा क्षेत्रका वासिन्दाले पनि मनाउने क्रम बढ्दो छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित