निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

जितगढीको विजयउत्सव मनाउन गोरखाबाट हिँड्यो सेनाको पैदलयात्रा, वैशाख ७ गते बुटवल आउने

रुपन्देही । युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि स १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास रुपन्देहीको जितगढीमा ।

१८७१ देखि १८७२ सम्म नेपाल र अंग्रेजबीच युद्ध भए। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन। कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो।

बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यही वीरताको चिनो हो बुटवलको जितगढी किल्ला। जसले अहिले पनि नेपाल रअंग्रेज युद्धलाई सम्झाउँछ।

बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकारहरुको भनाइ छ ।

जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो। आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको इतिहासविदु राजेन्द्रकुमार आचार्यको भनाइ छ ।

जितगढीमा विसं १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको दिनलाई जितगढी विजय उत्सव दिवसका रूपमा मनाउन थालिएको छ।

वैशाख ७ गते यहाँ आउनेगरी नेपाली सेनाले गोरखादेखि रुपन्देहीको जितगढीसम्म पदयात्रा सुरु गरेको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोमा नेपाली सेनाले बुधबारदेखि पदयात्रा सुरु गरेको हो ।

नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् ।नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित उनीहरु यात्रामा निस्किएका हुन् । यो टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ ।

तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले जानकारी दिएका छन् । रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी पुर्‍याएपछि यात्रा सम्पन्न हुनेछ । वैशाख ७ गते राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापतिसहितका अन्य विशिष्ट व्यक्तिलाई ल्याएर यसको महत्व बढाउन विशेष कार्यक्रमको तयारी गरिएको खोजिएको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित