मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सैनामैनामा घटना दर्ता सम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह दर्ता,सम्बन्ध विच्छेद जस्ता विषयमा प्रशिक्षण गराईएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले व्यक्तिगत घटना दर्तालाई प्रभाकारी बनाउन यो कार्यक्रम गरिएको बताएका छ्न ।मानव जीवन संग घटना दर्ता जोडिएको बताउँदै मेयर शर्माले सेवाग्राहीलाई कानुन संवत सेवा दिन आग्रह गरे ।

कार्यक्रममा नगरपालिका उपप्रमुख विना राना मगरले घटना दर्ता गर्दा बुझेर मात्र दर्ता गर्न आग्रह गरेकी छिन् । उपमेयर रानाले ब्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिको लागि घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर ब्यक्तिगत घटना दर्ता गर्न अपिल गरिन् ।

नगरपालिकाका कार्यापालिका सदस्यहरु,सरकारी तथा संस्थागत विधालयका प्राध्यानाध्यापकहरु,नगरपालिकाका शाखा प्रमुख बिच भएको सो अभिमुखीकरणको सहजीकरण पञ्जिकरण शाखा प्रमुख केशवराज अर्यालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित