रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

एभरेष्टमा स्वागत तथा बिदाइ कार्यक्रम

 

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इ.बो. स्कुलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाइ तथा कक्षा ११ मा अध्ययनरत विद्यार्थीको स्वागतका लागि आयोजित उक्त कार्यक्रम कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनीका प्रमुख रमाकान्त तिवारी गरे ।

उद्घाटन गर्दै तिवारीले संस्कार सहितको व्यावहारिक शिक्षा प्रदान गरिरहेको एभरेष्ट देशकै उत्कृष्ट शैक्षिक संस्था रहेको र यसको गरिमालाई सधै उच्च राख्नका लागि विद्यार्थीहरुले अनुशासित भई अध्ययनलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे ।

कक्षा ११ मा अध्ययनरत छात्र दिपेन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक सङ्घ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अधिकृत बाबुराम भण्डारी बाबुराम भण्डारी, प्राचार्य कृष्ण न्यौपाने, विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मी लगायतले कक्षा १२ का विद्यार्थीहरुलाई वार्षिक परीक्षामा सफलताका लागि शुभकामना दिँदै विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु नारायण खनाल ‘लेकाली’, नवीन पौडेल, वसन्त श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुति तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका विविध साँस्कृतिक प्रस्तुतिहरु देखाएको विद्यालयका सहप्रचार्य भिमसेन गौतमले जानकारी दिए । कार्यक्रम विद्यालयका शिक्षक माधव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित