युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

ट्रकमा लोड गरी लैजान लागेका भैसीको ‘अन्तिम यात्रा’ सामाजिक सञ्जालमा भाईरल

अन्तिम यात्रा।
========
हामी सिमरादेखि काठमाडैाँ जाँदैछैाँ । ११४ कि.मी. टाढा र १०/१२ घण्टा समयको बाटो बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडैाँ पुग्नेछैाँ। बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ। हल्लिन खोजे नाकको नाथ्री च्यातिनेछ। हाम्रो आँशु क्रन्दन चित्कार कसैले देख्नेसुन्नेछैनन्। हामीलाई कसैले गुहार दिनेछैनन् किनकि हामी पशु हैाँ। यहाँ बाच्न त मानिसलाइ मात्र पर्छ, दुखाइ त मानिसलाइ मात्र हुन्छ, कथित उच्च चेतन भनिने मानिसकै बुझाइमा। यो मानव निर्मित नर्क हो। हाम्रा यी पीडा र यातना बिना मनुष्यको जिब्रोको तलतल र भुँडीको भोक मेटिँदैन। हामीले जवानी भरि मानिसलाइ दुध खुवाएर तिनका छोराछोरी हुर्कायैाँ। हाम्रा कल्चैाँडाबाट निस्किने सेता रगत निचोरेर तिनले आफ्नो रगत बढाए। त्यहि बेचेर परिवारको ढुकुटी बढाए। जवानी सक्किएपछि हामी बेकम्मा भइ बिक्रि भयैाँ । हामी त्यहाँ घुम्न किनमेल गर्न, जागीर खान, वा पढ्न जान लागेका हैनैाँ । हामी त्यहाँ आफुले नगरेको अपराधको मृत्युदण्ड ग्रहण गर्न अन्तिम यात्रामा जाँदैछैाँ। आफ्ना परिवारको माया लाग्छ। आफुलाई पाल्ने र चुट्की दाम पैसाका लागि हाम्रो प्राण बेच्ने परिवारको पनि मुटु चुँडाउने माया छ। तपाइले यो पोष्ट पढ्न पाउन्जेल हामी स्वादका दास मनुस्यका जिब्रो घाँटी भिजाउँदै पेटसम्म पुगेर बाहिर निस्की माटोपानीमा मिलिसकेका हुनेछैाँ। हामी मानिसलाइ हाम्रा देउताका रूपमा देख्न चाहन्थ्यैाँ। तर स्वादका कुलतमा उत्रिनै कठीन हुनेगरी केहि चोक्टाको लालचमा फँसेकोमा मानिस तिमीलाइ हार्दिक समवेदना।
सोँच त के जीवनको भन्दा जिब्रोको महत्व ठूलो हो त?
तिम्रालागि मीठो खाने विकल्प लाखैाँ छन्, के जीवको जीवनको विकल्प केहि छ?

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित