रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

‘शिक्षामा सामुदायिक सिकाई केन्द्रको भूमिका महत्पूर्ण’

बुटवल। अनौपचारिक शिक्षा सहितको शिक्षामा समुदायिक रुपमा स्थापना गरिउका सिकाई केन्द्रको भूमिका महत्पूर्ण रहेको एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । तामनगर समुदायिक सिकाई केन्द्र (सिएलसी)को नवौ बार्षिक साधारण सभा को अवसरमा आयोजितक कार्यक्रमका सहभागीहरुले सिकाई केन्द्रको माध्यमबाट समुदायीक शिक्षामा ठुलो योगदान पुगेको बताइएको हो ।
कर्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले सामुदायिक सिकाई केन्द्रले अनौपचारिक शिक्षा, तालिम लगायतका क्षेत्रमा नमुनायोग्य काम गरेको बताईन । उनले बुटवल सहित विभिन्न स्थानमा स्थापना भएका यी सामुदायिक सिकाई केन्द्रको कारण कतिपय व्याक्तिहरुले औपचारिक शिक्षा विना नै तालिम, सिप र धारणाको विकास गरी सोही अनुसार आर्यआर्जनको क्षेत्रमा समेत काम गरेको बताएकी थिईन ।
कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तामनगर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गिरिराज कुँवर(विजय)ले वि.स. २०६० सालमा सृजनामा महिला समुहको पहलमा स्थापना भएको सामुदायिक सिकाई केन्द्रले पछिल्लो समयमा विभिन्न कार्यक्रम समेत गर्दै आएको बताए । अध्यक्ष कुँवरले वि.स. २०६३ देखि ६६ साल सम्म मधवलिया सामुदायिक सिकाई केन्द्रको शाखाको रुपमा स्थापना भएको उक्त स्थानको भवनका लागि ितत्कालिन चारपाला पुर्वशैनिक क्लवबाट निर्माणाधीन जग सहितको भवन उपलब्ध गर्रा सोही स्थानमा सिकाई केन्द्रको भवन निर्माण गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले उक्त स्थानलाई तालिम तथा प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने गरी विभिन्न काम समेतभैरहेको जानकारी दिए । अध्यक्ष कुँवरले आगामी दिनमा सदस्इहरुको माग र स्रोतका आधारमा तालिम सञ्चालन गर्ने समेत बताए ।
यस्तै तामनगर समुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक तथा संस्थाका सचिव सिता कण्डेलले प्रतिवेदन प्रस्तुत गर्दै युनिस्को नेपाल, आन्ड्रा नेपालको सहयोगमा विभिन्न सिपमुलक, आयमुलक, जनचेतानमुलक काम सञ्चालन गर्दै आएको ईतिहास रहेको बताएकी थिईन । उनले संस्थाले मास्क तथा शैक्षिक सामग्री वितरण, गुडिया बनाउने तालिम, कुसन बनाउन तालिमलगायतका तालिम समेत प्रदान गरिएको जानकारी समेत दिईन । साधारण सभामा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्मा, सल्लाहकार तथा पुर्व वडा अध्यक्ष दुर्गा सुवेदी, सरस्वती माविका प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद न्यौपाने, सल्लाहकार उदयराज काफ्ले, सदस्य दुर्गादेवी सारुपुन लगायतले आ आफ्नो भनाई राखेका थिए ।
साधारण सभामा विभिन्न टोल विकास संस्था, टोला संयोजक, क्लव, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित