निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल

बुटवल । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३÷०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् ।
निर्वाचित अध्यक्ष लिगलले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरेका छन् । क्लबको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा राजन जि.सी., तृतीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, सचिवमा किरण कुमार के.सी, कोषाध्यक्षमा पिताम्बर अर्याल, इलेक्ट पी.आर.ओ अब्दुल सलामत, सह–सचिवमा रामबहादुर शाही, सह–कोषाध्यक्षमा गोकुल तिवारी निर्वाचित भएका हुन् ।
त्यस्तै एलसीआइएफ कोडिनेटर चेयरपर्सन डा.अन्जनी बर्नवाल, क्लब मेम्वरसीप चेयरपर्सन बिष्णु ज्ञवाली, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्सन नविन पन्थी, निर्देशक सर्भिसमा बृजकिशोर बर्मा, टेल ट्वीस्टरमा दुर्गा बहादुर आले, टेमरमा रुक्मागत पाण्डे निर्वाचित भएका हुन ।
शनिबार एक कार्यक्रमका बीच लायन्स इन्टरनेशनल ३२५ पि फस्ट डिष्ट्रिक गर्भनर अर्जुनमान शंैजु, सेकेन्ड डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाड्ड, पिडिजी महेन्द्रनारायण श्रेष्ठ संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाइजर आशिष कृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष तथा एरिया चिफ एम.एल पाण्डेले नवनिर्वाचित पदाधिकारी बधाई तथा शुभकाना दिएका थिए । सोही कार्यक्रममा बर्ष २०८० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित