मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल

बुटवल । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३÷०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् ।
निर्वाचित अध्यक्ष लिगलले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरेका छन् । क्लबको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा राजन जि.सी., तृतीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, सचिवमा किरण कुमार के.सी, कोषाध्यक्षमा पिताम्बर अर्याल, इलेक्ट पी.आर.ओ अब्दुल सलामत, सह–सचिवमा रामबहादुर शाही, सह–कोषाध्यक्षमा गोकुल तिवारी निर्वाचित भएका हुन् ।
त्यस्तै एलसीआइएफ कोडिनेटर चेयरपर्सन डा.अन्जनी बर्नवाल, क्लब मेम्वरसीप चेयरपर्सन बिष्णु ज्ञवाली, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्सन नविन पन्थी, निर्देशक सर्भिसमा बृजकिशोर बर्मा, टेल ट्वीस्टरमा दुर्गा बहादुर आले, टेमरमा रुक्मागत पाण्डे निर्वाचित भएका हुन ।
शनिबार एक कार्यक्रमका बीच लायन्स इन्टरनेशनल ३२५ पि फस्ट डिष्ट्रिक गर्भनर अर्जुनमान शंैजु, सेकेन्ड डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाड्ड, पिडिजी महेन्द्रनारायण श्रेष्ठ संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाइजर आशिष कृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष तथा एरिया चिफ एम.एल पाण्डेले नवनिर्वाचित पदाधिकारी बधाई तथा शुभकाना दिएका थिए । सोही कार्यक्रममा बर्ष २०८० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित