मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलको डेल्टा मार्टमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आउदै

बुटवल । नेपालमै पहिलो अभ्यासको रुपमा बुटवलमा विभिन्न प्रतिष्ठित फुटवयर कम्पनीका उत्पादन एउटै छानामुनी प्राप्त हुने भएको छ । बुटवलको डेल्टामार्टमा यही वैशाख १ गतेदेखि साझा विक्री कक्षका रुपमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आउने भएको हो ।

स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी गराए । नयाँ वर्षको अवसरमा पारी बुटवलको डेल्डा मार्टको पहिलो फ्लोरमा सञ्चालन हुने जुत्ता घर बारेमा जानकारी गराउने उद्देश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।
जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोला प्रसाद पाठकले जानकारी दिए । सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मुल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।
जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् । नेपालका उत्पादन बारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।
नेपालमा हाल १५ बढी फुटवेयर उद्योगहरु रहेका छन् भने अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज भण्डारीले बताए । यस क्षेत्रमा ४० अर्व बढी लगानी हुनुका साथै हजारौंले प्रत्येक्ष रोजगार प्राप्त गरिरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित