निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

न्यू होराइनमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

बुटवल। न्यू होराइजन इङलिस् सेकेन्डरी बोर्डिङ स्कूल कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई तथा शुभकामना दिइएको छ । कक्षा ११ का विद्यार्थीले आगामी उज्जवल शैक्षिक भविश्यको कामना गर्दै शुक्रबार टाइगर प्यालेस रिर्सोटका कार्यक्रम गरी बिदाई गरेका हुन् । विदाई हुने विद्यार्थी कक्षा १२ का ३७२ जना रहेका छन् ।
सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले कक्षा १२ पूरा गरी जाने विद्यार्थीलाई आउँदो शैक्षिक यात्रामा होराइजनको विशिष्टता कायम गर्न सुझाव दिए । उनले होराइजनले बसालेको शैक्षिक आधारले अबको उच्च शिक्षा सहज बन्ने विश्वास व्यक्त गरे । उनले क्षमतावान विद्यार्थी अब विदेश होइन स्वदेशमै काम गरेर देशलाई माया गर्नुपर्ने बताए ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले अबको विद्यार्थी विदेश जाने नभई जान खोज्नेलाई पनि रोक्ने दायित्व भएको बताए । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले अवसरको खोजीमा विदेश नभई देशमै दक्षता प्रस्तुत गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका सहप्राचार्य बालकृष्ण अधिकारी देशको शैक्षिक विकासमा होराइजनको ठूलो योगदान रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरु समिप पौडेल, इशा अर्याल, असिम पाण्डे र अनुराग घिमिरे बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी सुशासन्त श्रेष्ठ, इच्छा ज्ञवाली, प्राप्ती ढकाल र विशेषता रानाले गरेका थिए । सो अवसरमा गायिका प्रविसा अधिकारीले विशेष सांगीतिक प्रस्तुत रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित