बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

विद्युत्तको ७ लाख बक्यौता नतिरेपछि लुम्बिनी प्रदेश सभाको लाईन काटियो

लुम्बिनी प्रदेश सरकारले विद्युत् महशुल नबुझाउँदा प्रदेशसभा ४ घण्टा विद्युत्विहीन हुन पुग्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् महशुल नबुझाउँदा सोमवार ४ घण्टा विद्युत् कटौती भएको हो ।

सोमवारको बैठक बस्नुअघि विद्युत् प्राधिकरणले प्रदेशसभा भवनको विद्युत् काटेको थियो । १ बजे प्रदेशसभा बैठक बस्ने सूचना थियो ।

विद्युत् काटिएका कारण बैठक ४५ मिनेट ढिलो बसेको थियो । नेपाल विद्युत् प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत् महशुल नबुझाएको भन्दै लाइन काटेको थियो । सोमवार विद्युत् काटिएको विषयले प्रदेशसभा बैठकमा प्रवेश पाएको छ ।

प्रदेशसभा सदस्य दिपेन्द्र पुनले विद्युत् काटिएका कारण अपमान भएको बताए । उनले सम्बोधनका क्रममा भने, ‘मानहानी गरेबापत मुख्यमन्त्रीले रोस्ट्रमबाटै माफी माग्नुपर्छ ।’

प्रदेश सरकार र प्रदेशसभा कसले विद्युत् महशुल तिर्ने विवाद भएपछि आफूले लाइन काटिदिएको नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । कात्तिकदेखि विद्युत्को पैसा तिरेका थिएनन्, त्यही भएर लाइन काटिदिएको हो,’ लामिछानेले लोकान्तरसँग भने, ‘मंगलवार आएर मुख्यमन्त्री कार्यालयले बक्यौता ७ लाख ५३ हजार रुपैयाँ विद्युत महशुल बुझाएपछि विद्युत् जडान गरिएको छ ।’

प्रदेश राजधानी भित्रका सबै संरचनाको विद्युत् महशुल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिर्ने गरी मिटर नामसारी गरिएको छ । प्रदेशसभा बैठक चलिरहेकाले काटिएको विद्युत् समेत जडान गर्न विद्युत् प्राधिकरणलाई दबाब परेको देखिन्छ । १६० र ३०० केभीए ट्रान्सफर्मरबाट लाइन जडान भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित