तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पुराना नाई ठाकुर र अग्रज ब्युटिसियन उपाध्यायलाई समृद्धिको सम्मान

बुटवल।
बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेर कपाल, छाला, मेकअप र नङ आर्टको क्षेत्रमा काम गर्दै आएको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीले एकेडेमीमा तालिम लिएका ४० जना बिद्यार्थीहरुलाई दिक्षित गरेको छ। सोमबार बुटवलमा प्रमाणपत्र बितरण कार्यक्रम २०२३ कार्यक्रमको आयोजना गर्दै तालिम पूरा गरि सफल कर्मचारी र सफल ब्यवसायी बन्न सक्ने विद्यार्थीहरुलाई सम्मान गरेको हो।

एकेडेमीले बुटवल क्षेत्रका पुराना नाई एव नाई संघका पुर्व अध्यक्ष चुन्निलाल ठाकुर र बुटवलका अग्रज ब्युटिसियन कलावती उपाध्यायलाई सम्मान समेत गरिएको थियो।

सम्मान एव दिक्षान्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार दधिराम न्यौपानेले स्वदेशमानै रोजगारी प्रदान र नया रोजगार सिर्जना गर्ने काममा एकेडेमीलागेको थाहा पाउँदा निकै खुसी लागेको बताए।

लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य समेत रहेका न्यौपानेले लामो समय देखि सिकेको सिपलाई सकेसम्म स्वदेशमै बस्न आग्रह गर्दै नसकेमा बिदेशमानै गएपनी सहज जागिरको ब्यवस्था हुने बताए।उनले यस्ता किसिमका काम गर्नेलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने बताए। उनले कुनै जातले कुनै पेशा मात्रै गर्नुपर्छ भन्ने सोच त्यागेर स्वरोजगार बन्न आग्रह गरे।

कार्यक्रममा बोल्दै समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका सिइओ मोहन ठाकुरले स्वदेशमा नै स्वरोजगार बन्न र रोजगार प्रदान गर्नको लागि सलोन र एकेडेमी सञ्चालन गरेको बताए।

सौन्दर्यकला ब्यवसायी संघ पुर्व केन्द्र अध्यक्ष मिना प्रधानले पछिल्लो समय यो पेशा निकै परिवर्तित भएको बताउदै यसले रोजगारी प्राप्तिमा सहयोगी बनेको बताइन् । एकेडेमीबाट दिक्षित भएकाहरुले स्वदेशमा नै रहेर देशको अर्थतन्त्रमा टेवा पुर्याउन आग्रह गरिन।

कार्यक्रममा सम्मानित चुन्नुलाल ठाकुर,सम्मानित कलावती उपाध्याय, कस्मो कस्मेटिक्स डिस्ट्रीब्युटर्सकि सञ्चालक सीता श्रेष्ठ,मणिग्राम शाखा सञ्चालक अनिल अर्याल,रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसी,नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष अमृता अनमोल लगायतले बोल्दै पछिल्लो समय शलुन क्षेत्रबाट रोजगारी सिर्जना गर्न सकिएको बताउदै यसतर्फ ध्यान दिन आग्रह गरेका थिए।

समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका मुलुकका पोखरा, मणिग्राम र जितपुर कपिलवस्तु गरि ४ शाखा रहेको छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित