भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

किनमेल शैली बदलेर विदेशको अवसर नेपालमै छ भन्ने प्रमाणित गर्न प्रयासरत आवास

बुटवल । देशमा भएको राजनीतिक अस्थिरताका कारण यो देशमा ‘केही हुँदैन, सम्भावना नै छैन’ भन्नेहरु धेरै छन् । पढेर पनि पढे अनुरुपको पेशा, रोजगारी नभएपछि केही आयस्रोत भएका युवा पुस्ताको गन्तव्य अहिले पनि जापान, अष्ट्रेलिया, क्यानडा, कोरिया, पोर्चुगल जस्ता देशमा भइरहेको छ ।
मध्यमबर्गका युवापुस्ता जसोतसो परिबारको पेट भर्न र गुजारा चलाउन खाडी मुलुकमा गइरहेका छन् । बढ्दो महंगी, स्रोत साधनको अभाव, कर्मचारी तन्त्रबाट हुने हैरानी, राजनीतिक वितृष्णाले युवा पुस्ताको गन्तव्य विदेश नै हुने गरेको यथार्थ हामी संग छ ।
तर कुनै यस्ता युवा व्यवसाय पनि नेपालमा छन् । जसले करोडौं रुपैयाँ होईन, अर्बौ रुपैयाँ लगानी गरेर नेपालमै भविष्य खोजिरहेका छन् । युवा पुस्ताको गन्तव्य विदेश मात्र होईन, नेपालमा युवाले केही गर्न सकिन्छ भनेर सम्भावनाको बाटो देखाएका छन् । त्यी मध्येका एक हुन, युवा व्यवसायी रुपन्देहीका आवास बञ्जाडे ।
रूपन्देहीको तिलोत्तमा–५ मणिग्राम कफि कम्पनी स्थित २ अर्ब रूपैयाँभन्दा बढी लगानीको ‘एनजी मार्केट’ आवासले चलाएका छन् । हाम्रो समाजको किनमेल गर्ने शैलीलाई आधुनिकता प्रदान गर्ने र छोटो समयमै आवश्यक सामाग्रीको किनमेल गराउन सक्ने गरी उनले यो मार्केट चलाएका हुन ।
‘शहरमा बढ्दो भिड छ । बजारमा पार्किङ छैन् । एउटै सामान एकै स्थानमा नपाउँदा उपभोत्ताले हैरानी खेप्नुपर्ने अवस्थालाई ध्यानमा राखेर एउटै मार्टमा सवै सामानहरुको किनमेल गर्ने योजनाले यो सञ्चालन गरेको हुँ’ २६ बर्षिय बञ्जाडेले भने ।
भारतको बेङ्लुरुबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका आवासले तिलोत्तमामा एक उत्कृष्ट युवाको सम्भावनालाई देखाएका छन् । ठुलो लगानीको विजनेश हाँक्ने उनको खुवी, आट र शाहस अदभुतपुर्ण छ ।
मार्ट व्यवस्थापन पनि उनकै काधमा छ । आएका ग्राहक संग डिल गर्ने उनको कार्यकुशलता असामान्य छ । मन्द मुस्कान, काम प्रतिको लगाव, मेहनत नै उनको खुवी हो । उनले आफ्नो मार्टमा गुणस्तर र मुल्यलाई मात्र फोकस गरेर काम गरिरहेका छन् ।
अहिले पनि एउटै छाताभित्र सपिङ गर्नेहरुको जमात धेरै छैन् । त्यस्तालाई ‘महल’ के हो ? यसको आवश्यकता किन ? भन्ने प्रश्नको जवाफ उनले आफ्नो कार्यले दिएका छन् । रैथाने बजारमा किनमेल गर्नेहरुलाई समेत सर्वसुलभ मुल्यमा मार्टमा ‘सपिङ’ गराउने बानी उपभोत्तलाई उनले पार्दैछन् ।
‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास हुन्छ, त्यसलाई चिर्न सकेपछि ‘सपिङ सेन्टर’को भविष्य मैले उज्ज्वल देख्छु’ उनले भने ।
बुटवल र भैरहवाको बीच शहरमा स्थापना भएको ‘एनजी मार्केट’को भविष्य उनले देखेरै यो अर्वौको आँट उनले गरेका हुन । कालान्तरमा बुटवल, भैरहवा, सैनामैना, देवदह जस्ता शहर एउटै बनेर महानगर बने मध्य भागको यो स्थानको भविष्य अझ माथी उठ्नेछ । त्यसैपनि अहिलेनै बुटवल भैरहवा शहरको रुपमा जोडिएकाले पनि यसको भविष्य रहेको आवास बताउँछन् ।
‘हाम्रो प्रतिस्पर्धा यहाँका ठुला विजनेश घराना संग हो । यो प्रतिस्पर्धाले उपभोत्तालाई फाईदा पुग्ने गरेको छ । हामी उहांहरु संग सामानको मुल्य र गुणस्तरमा प्रतिस्पर्धा गरेका छौ । जसका कारण उपभोत्ताले गुणस्तर सामान सर्व सुलभ मुल्यमा पाइरहनुभएको छ’ उनले भने ।
बहुतले विनाको ‘ह्वाइट हाउस’ आकारको मार्केट आफ्नै स्टाइलमा निर्माण गरिएको छ । ग्राउन्ड फ्लोरमा सबै ‘ग्रोसरी’ उपलब्ध छन । उद्यममा होमिदाका सुरुवाती दिनमा आवासले केही नमिठा अनुभव संगालेको भएपनि अहिले त्यसलाई कामबाट प्रमाणित गरेका छन् ।
सुरुवातमा डर देखाउँनेहरु अहिले आफु बाट सम्भावना देख्ने गरेको उनले बताए ।
गत बैशाख देखि मात्र सञ्चालनमा आएको मार्ट ढाई विगाहा क्षेत्रफलमा रहेको छ । अब छिट्टै नै सलुन, नर्सरी, होलसेल मन्डी, आफ्नै खाद्यान्य प्रशोधन, प्याकेजिङ गर्ने योजना आवासले अघि सारेका छन् ।
अझै पनि स्वच्छ मार्केट भएको धेरै प्रतिस्पर्धाको मार्केट नभएको उनको अनुभव छ । त्यसलै पनि मार्टको भविश्य उज्वल रहेको उनी बताउँछन् ।
यो उद्यममा जोडिन उनका बुवा नारायण बञ्जाडेको ठूलो हात छ । छोराको यो कर्मबाट बुवा नारायण पनि खुसी छन् । नारायण आफु राईस मिल र चिउरा उद्योग चलाउने गर्दथे ।
सस्तोमा गुणस्तरीय सामान ‘एनजी मार्केट’को विशेषता हो । अहिले पनि विशेषतः चाडपर्वको समयमा यस क्षेत्रका उपभोत्ताको किनमेल छिमेकी देश भारतको सुनौलीमा हुन्छ । त्यहाँ पुग्ने उपभोत्तालाई रोक्न सके पनि यस क्षेत्रमा व्यापार प्रबद्र्धनले अझै ठूलो हिस्सा ओगट्न सक्छ ।
‘हाम्रा उपभोत्ता सस्तो भन्दैमा आँखा चिम्म गरेर सामान खरिद गर्ने परिपाटी अहिले पनि छ । भारतमा गएर ल्याउने सामानको गुणस्तर बारे उपभोत्ताले चासो दिदैन् । त्यहि कारण हामीले सस्तो तर गुणस्तरिय सामान उपलब्ध गराउने ध्येय हो’ उनले भने ।
त्यति मात्र होईन, भारतिय बजारमा गर्ने किनमेलबाट प्रति व्यक्ति १० हजारको सामान खरिद गर्दा राज्यलाई ५ हजार घाटा हुने उनी बताउँछन् । ‘सस्तो भन्ने बजारमा हल्ला चलाएका छन् । हामीले ल्याउने सामान भन्सार, भ्याट गरेर ल्याउनुपर्छ । पारीबाट ल्याउँदा भन्सार, भ्याट नर्तिदा सरकारलाई घाटा छ । उपभोत्ताले सस्तो भनेपनि गुणस्तरीय सामान पाउँदैनन’ उनले भने ।
स्नातकोत्तर पूरा गरेपछि उनलाई युरोप, अमेरिका, अस्ट्रेलिया गएर पेशा–व्यवसाय गरेर बस्ने पर्याप्त अवसरहरू भएपनि बञ्जाडेले नेपालमै सम्भावना देखे । ‘अध्ययन गरेका धेरै साथीहरू पनि विदेशतिरै स्थापित भएका छन् । तर म आफ्नै भूमिका केही गरिरहेको छु । यसैमा मलाई खुशी मिलेको छ’ उनले भने ।
सम्पन्न परिबारका आवास आफुले विलासी जीवन र विदेशका सुःख भन्दा पनि आफ्नो देशमै केही गर्ने योजनाले ‘एनजी मार्केट’ सञ्चालनमा ल्याएको बताउँछन् । ‘विदेश के हो भन्ने सवै थाहाँ थियो । ग्रीनकार्डबाटै म युरोप, अमेरिका बस्न बावुवाजेले कमाएको पैसाले पुग्थ्र्यो पनि । तर मैले यहि केही गर्नुपर्छ भन्ने सोचेर ‘एनजी मार्केट’ सञ्चालन गरेको हुँ’ उनले भने ।
‘एनजी मार्केट’ मा रेस्टुरेन्ट, सभा–समारोह र गोष्ठी गर्ने हल, बालबच्चालाई मनोरञ्जन दिने बाल उद्याने छ । फर्निचर शोरूम तथा बिक्री केन्द्र, सैलुन, बुटिक, स्पा समेत एउटै छानामुनि उपलब्ध छ । ‘अग्र्यानिक भेजिटेबल’, गार्मेन्टस, लुगाकपडा, सांस्कृतिक, क्याजूअल कपडा लगायत सबै फेन्सी आइटमको स्टोर समेत राखिएको छ ।
आवासका बाबा नारायणले अहिलेको आर्थिक क्राइसिसमा गुणात्मक रुपमा ‘एनजी मार्केट’ फलो हुन नसकेपनि यसले सम्भावना भने देखाएको बताए ।
‘सवै तिर आर्थिक अवस्थाका कारण संकटपूर्ण छ । यस्तो अवस्थामा पनि ‘एनजी मार्केट’मा आउने उपभोत्ताको संख्या केही घटेपनि निराशा मान्नुपर्ने अवस्था छैन’ उनले भने ।
उपभोत्तालाई आर्कषिर्त गर्ने नौलो शैली
उपभोत्तालाई आर्कषित गर्न मार्टले नौलो शैली अपनाएको छ । नेपालमै सवैभन्दा सस्तो र गुणस्तरिय सामान खरिद गर्ने महोत्सव उसले यहि चैत १ गते बाट सुरु गरेको छ । ०८० को हरिबोधोनी एकादशी (तुलसी विवाहको दिन) भित्र १० बराबरको खाद्यान्य (ग्रोसरी) सामाग्री र ५ हजार बराबरको लुगा, जुत्ता, सामाग्री खरिद गर्नेहरु यो महोत्सवमा सहभागि पाउँनेछन् । त्यस बाहेक एनजी रेष्टुरेन्टमै एकै पटक ५ हजार सम्मको खानपिन गर्ने एउटा विल पनि महोत्सवमा पर्नेछ । सो मुल्य बराबरको कुपनलाई लक्की ड्र गर्ने र त्यसबाट कुल १ हजार जनालाई उपहार योजना मार्टले लिएको छ ।
पहिलो एउटा २ तले घर एकजनालाई, १ जनालाई बुलेट बाईक, १ जनालाई स्कुटर, १५ जनालाई एसी, १५ जनालाई फ्रिज, १५ जनालाई वासिंग मेसिन, २५ जनलाई ५५ ईन्चको टिभी, १२५ जनालाई राईस कुक्कर र ८०१ जनालाई आईरन दिईने बताइएको छ । यो योजनामा एनजी मार्टका कर्मचारी र प्रोपाईटर सहभागि भने नहुने बञ्जाडेले बताए । हाल मार्टमा ७५ जना कर्मचारी रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित