मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

महिलाले उत्पादन गरेका बस्तु बजारीकरणका लागी योग्य भए नगरपालिकाले खरिद गर्छ – उपप्रमुख अर्याल

बुटवल । बुटवल उपमहमनगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको बताएकी छिन् । महिलाहरुमा इच्छाशक्ती भयो भने जस्तासुकै काम गर्न सकिने उनको भनाई छ ।
रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा किशोरी आमाहरुका लागी आयोजना गरिएको ३ महिने सिलाई कटाई तालिम कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख अर्यालले सीप सिकेका महिलाहरुले निर्माण गरेका सामग्री नगरपालिकाले खरिद गर्ने र बजारीकरणमा सहयोग गर्ने बताईन ।
तालिममा सहभागी किशोरी आमाहरुलाई सिलाई सामग्री हस्तान्तरण गरी समुद्घाटन गरिएको कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले महिलाहरुले आर्थिक उपार्जन गर्न नसक्दा सम्म कहिल्यै सफल र सक्षम हुन नसक्ने उनको भनाई छ ।
‘अब तपाईहरुले सिकेर तयार गरेका चिजहरु बुटवल उपमहानगरपालिकाले लिन्छौ, हामीले कोशेली घर निर्माण गर्दैछौ, सबै महिलाहरुले उत्पादन गरेका बजारीकरणका लागी योग्य सबै चिजहरु बुटवल उपमहानगरमा ल्याउनु नगरले लिन्छ, अनि हामी कहाँ निर्यात गर्नुपर्छ, नगरपालिकाले त्यो काम गर्छ’ उनले भनिन् ।
अर्यालले बुटवल उपमहानगरपालिकामा रहेका महिलाहरुलाई सबल, सक्षम र आर्थिक उपार्जन गर्न सक्ने बनाउन बिभिन्न सिपमूलक तालिमको आयोजना गरिरहेको बताईन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र खनालले मनको डर र लाज हटाएर लाग्ने हो भने महिलाहरु सक्षम हुन धेरै समय नलाग्ने बताए ।
सीपहरु मध्यको उत्कृष्ट सिप सिलाई कटाइले अन्य फेसन डिजाइनरका काम पनि गर्न सहज हुने वडा अध्यक्ष खनालको भनाई थियो ।
कार्यक्रममा रोटरी क्लबका ए जी राजुदेबि खनाल, रोटरी क्लब अफ तिनाउ बुटवललका प्रेस एडभाइजर अस्मिना पाण्डे, रोटरी क्लब अफ तिनाउका अध्यक्ष कल्पना तिवारी लगाएतले बोलेका थिए ।
किशोरी आमाहरुको सहभागीता रहेको ३ महिने सिलाई कटाइ तालिमको लामो समय देखि सिलाई कटाईमा सक्रिय बिमला प्रधान प्रशिक्षकको रुपमा रहेकी छिन् । कार्यक्रम क्लबका सचिव अनिता भुसालको संचालन र इलेक्ट प्रेसीडेन्ट अमृता भुसालको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित