तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिनाउमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ वर्ल्ड बैंकको आर्थिक सहयोग बनाईने

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने तिनाउमा सिग्नेचर ब्रिज’ वर्ल्ड बैंकको आर्थिक सहयोग बनाईने तयारी गरिएको छ ।

सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक नरेशमान शाक्यले सिग्नेचर ब्रिजका लागि विश्व बैंकको टोलीले अध्ययन सहयोग मागेको बताए ।

अहिलेको पुल विस्थापित गरेर वा त्यसको तल वा माथि उपयुक्त स्थानमा सिग्नेचर पुल निर्माणको लागि डिजाइनको अन्तिम तयारी भइरहेको जानकारी दिए। यो पुल निर्माणसँगै बुटवलदेखि कपिलबस्तुको गोरुसिंंगे सम्मको सडक समेत विस्तार गरिने उनले बताए।

अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले पुलको आर्किटेक डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ। यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ।

सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ। झट्ट देख्दा नेटवर्क आर्क व्रिज जस्तै देखिने भए पनि यो आर्क व्रिज भन्दा अझ आकर्षक हुनेछ ।

चार लेनको पुलमा प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने छ। यसका साथ पुलबाट बुटवलको उत्तर दक्षिणसँगै जितगढी किल्लाको दृश्य अवलोकन गर्नका लागि आकर्षक पार्क, र कफिसपहरू सञ्चालन गर्ने गरी डिजाइन भएको छ ।
शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षण बनाउन तिनाउमा पानिका फोहोरा तथा आकर्षक लाइटहरूको व्यवस्था हुनेछ। महाशाखाका अनुसार यस्ता पुलहरूले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ। युरोपका धेरै देशहरूमा यस्ता पुलहरू बनेको र त्यहां लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित