मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

श्रवण दृष्टिविहिनता भएका अभिभावकहरुको राष्ट्रिय कार्यशाला

बुटवल, चैत ।
श्रवणदृष्टिविनिहता भएका व्याक्तिको शिक्षा सम्बन्धमा अभिभावकरुको राष्ट्रिय कार्याशाला रुपन्देहीमा सुरु भएको छ । ३ दिन सम्म चल्ने कार्यशालाको शनिवार तिलोत्तममा एक कार्यक्रमाकाविच शुरुवात गरिएको हो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल, श्रवणदृष्टिविनिह राष्ट्रिय स्रोत केन्द्र काठमाण्डौको आयोजानमा भएको राष्ट्रिय कार्याशाला शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता भएका व्याक्तिहरुका समाजमा मुलधारमा ल्याउनको लागि उनीहरुको अभिभावकहरुको ठुलो भुमिका हुने बताईन । उनले अपाङ्गता भएका व्याक्तिहरुको शिक्षा, दिक्षा, लालन पालन देखि लिएर उनीहरुलाई क्षमता अनुसारको तालिम, सिकाईमा अभिभावकहरुको भूमिका महत्पूर्ण हुने भन्दै यसमा सबैजना समयमा नै सजग हुनुपर्ने बताईन ।
तिलोत्तमा नगरपालिकाले पहिलो पटक श्रवण दृष्टिविहिनता भएका वालवालिकाहरुको विशेष शिक्षाका लागि शान्ती नमुना माविमा सुरुवात गरेको जानकारी दिदै उप प्रमुख चौधरीले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुनःस्थापनाका लागि नगरपालिका जहिले पनि सकारात्मक भएको बताईन । उनले अपाङ्गता भएका व्याक्तिहरको शिक्षा, तालिम, खेलकुद तथा मनोरञ्जनको लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै आफुले थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता हुदैमा कोही पनि व्याक्ति कमजोर नहुने भन्दै उनले अपाङ्गता एउटा अवरोधको कारण सृजना हुने अवस्था रहेको बताएका थिए ।उनले अपाङ्गता भईकन पनि समाजको मुलधारममा उनीहरुले महत्पूर्ण काम गरेको भन्दै उनले अपाङ्गताको अभिभावकको रुपमा रहेको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले विशेष ध्यानदिनुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले बोल्दै तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका दृष्टिविहिनता विशेष कक्षा सहित श्रवणदृष्टिविहिनता भएका व्याक्तिहरुको लागि पनि नेपालमा पहिलो पटक कक्षा सुरुवात गर्नु आफैमा उच्च सह्रारानीय काम भएको बताएका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरापलिका शिक्षा महाशाखा प्रमुख गंगागाराम आचार्य, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, नेपाल बहिरा महासंघका केन्द्रीय अध्यक्ष केपी अधिकारी, शंकर सिंह चैसिर लगायतले आ आफ्नो भनाई राखेका थिए । ३ दिन सम्म चल्ने कार्याशाला चल्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित