श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग

बुटवल । लुम्बिनी प्रदेशमा प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग हुने गरेकोे पाइएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य निदेशनालयका क्षयरोग फोकल पर्शन रामप्रसाद भटट्राईका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशमा ८ हजार ९० जना क्षयरोगी मेटिएको र प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग भेटिएको बताए ।

विश्व क्षयरोग दिवश–२०२३ को अवसरमा शुक्रबार बुटवलमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै फोकल पर्शन भटट्राइले प्रदेशमा सबै भन्दा धेरै रुपन्देहीमा र सबै भन्दा कम रुकुम पश्चिममा रहेको बताए । उनका अनुसार रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पश्च्मिमा ५५७ जना क्षयरोगी भेटिएका थिए । रुपन्देहीमा प्रदेशमा सबै भन्दा धेरै क्षयरोगि रहे पनि प्रतिएक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै भेटिएका थिए । रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोग भेटिएको फोकल पर्शन भटट्राईले बताए । समुदायमा नै गएर परिक्षण गरिएकाले आर्थिक वर्ष २०७७/०७८ मा क्षयरोगिहरु धेरै भेटिएको उनले बताए ।

स्वास्थ्य निदेशनालय रुपन्देहीका प्रमुख गौरव खनालले रुपन्देहीका पालिकाहरु मध्य बुटवल उपमहानगरपालिकामा २३४ जना क्षयरोगी भेटिएको बताए । क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको बताए । यसकारणले लुकेर रहेका धेरै भन्दा धेरै पहिचान गर्ने गरी आफुहरु लागि रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नियमित चेकजाँच र नियमित कार्यक्रम संचालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुन सकिने बताए । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् ।

नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ । रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार लगायत योजना अघि सारेको छ । यस वर्ष ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित